काठमाडौं । इङ्वा हाइड्रो पावर लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले बैशाख १३ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि आज (आइतबार) साँझ ५ बजेबाट सकिन लागेको हो ।
कम्पनीको जारी पूँजी १२ करोड ६८ लाख ६३ हजार ९ सय रुपैयाँ रकम बराबरको सय रुपैयाँ अंकित १२ लाख ६८ हजार ६ सय ३९ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकको लागि निष्कासन तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वासाधरणका लागि निष्कासन गरेकोे हो ।
सर्वसाधारणले न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले पाँचथरमा ९.७ मेगावाटको इङ्वा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।