विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोकमा ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत आयोजना निर्माण गरिरहेको बलेफी हाइड्रो पावर कम्पनीले सर्वसाधारणका लागि सेयर आवेदन खुल्ला गरेको छ ।

सय रुपैयाँ अंकित १८ करोड २७ लाखबराबरको १८ लाख २७ हजार कित्ता साधारण सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासित सेयरमध्ये ७३ हजार १ सय १९ कित्ता अर्थात् ४ प्रतिशत आफ्ना कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । 

यस्तै, ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी १८ लाख २७ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि छिटोमा चैत २१ गते र ढिलोमा ३० गतेसम्म आवेदन दिन पाइने कम्पनीले जनाएको छ ।

कम्पनीले सेयर निष्कासन, बिक्री तथा बाँडफाँडका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । यसअघि स्थानीयका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिसकिएको छ । कम्पनीले निर्माण गरिरहेको आयोजना परीक्षण उत्पादनको क्रममा छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३