विद्युत अपडेट

  • प्राधिकरण : ७१८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५८८२ मे.वा.घन्टा
  • आयात : ६६९ मे.वा.घन्टा
  • निर्यात : ३३०५ मे.वा.घन्टा
  • ट्रिपिङ : १७० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२२०० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२८० मे.वा.
२०८२ पुस १४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपालमा बढ्दो ऊर्जा माग, विद्युत् लागत र दिगो विकासको आवश्यकतालाई ध्यानमा राख्दै नबिल बैंकले ‘नबिल सस्टेनेबल सोलार इनर्जी लोन’ योजना ल्याएको छ । स्वच्छ, नवीकरणीय र आत्मनिर्भर ऊर्जा प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ल्याइएको यो योजनाले उद्योग–व्यवसायलाई सोलार ऊर्जा विकासतर्फ अग्रसर हुन महत्त्वपूर्ण सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

बैंकका अनुसार यो कर्जा योजना विशेषतः उच्च ऊर्जा खपत गर्ने साना तथा मझौला उद्योग, ठूला उद्योग, उत्पादनमूलक कारखाना, अस्पताल, होटल, शैक्षिक संस्था तथा नवीकरणीय ऊर्जा सेवा कम्पनीतर्फ लक्षित रहेको छ । आफ्नो छत, परिसर वा औद्योगिक संरचनामा सोलार ऊर्जा प्रणाली जडान गरी दीर्घकालीन लागत घटाउन चाहने व्यक्ति वा संस्थाका लागि यो योजना निकै उपयोगी हुने अपेक्षा गरिएको छ ।

बैंकले यो कर्जा फ्लोटिङ ब्याजदरमा उपलब्ध गराउने जनाएको छ । यस प्रकारको कर्जा लिँदा आधारभूत ब्याजदर १.७५ प्रतिशतदेखि ३.५ प्रतिशतसम्म जोखिम प्रिमियम जोडिने छ, जुन समय–समयमा बैंकले निर्धारण गर्ने छ । यसले ग्राहकलाई बजारको अवस्था अनुसार प्रतिस्पर्धी ब्याजदरको लाभ लिन सहयोग पुर्‍याउने देखिन्छ ।

यो योजना अन्तर्गत हरेक संस्था वा व्यक्तिले १० लाख रुपैयाँदेखि ८ करोड रुपैयाँसम्म कर्जा लिन सक्नेछन् । बैंकका अनुसार सामान्य अवस्थामा परियोजना लागतको ८० प्रतिशतसम्म टर्म लोन उपलब्ध हुने छ । साथै, बैंकका विद्यमान ग्राहकको हकमा, कुल सम्पत्ति कभरेज ऋण–पुँजी अनुपात ८०:२० (वा राष्ट्र बैंकले तोकेको सीमाभन्दा कम) भित्र रहेमा १०० प्रतिशतसम्म परियोजना लागत वित्तपोषण गर्न सकिने सुविधा उपलब्ध हुने छ ।

यो योजना अन्तर्गत प्रदान गरिने कर्जाको अवधि ६ वर्षसम्म रहनेछ । आवश्यकता र परियोजनाको प्रकृतिअनुसार एक तह माथिल्लो कर्जा स्वीकृत निकाय (सिइओ) को स्वीकृतिमा ८ वर्षसम्म अवधि विस्तार गर्न सकिनेछ ।

कर्जाको साँवा-ब्याज भुक्तानीका लागि ग्राहकको नगद प्रवाहअनुसार इएमआई, इक्युआई वा बलुनिङ पेमेन्ट मध्ये उपयुक्त भुक्तानी प्रणालीको विकल्प छनोट गर्न सकिने छ ।

कर्जा प्रवाहको शुल्क संरचना

बैंकका अनुसार यो योजना अन्तर्गत कर्जा प्रवाह गर्दा आयोजनामा हुने कुल लागतको ८० प्रतिशतसम्म कर्जा लिँदा ०.५ प्रतिशत र ८० प्रतिशतभन्दा बढी कर्जा लिँदा ०.७५ प्रतिशत (वा बैंकले समय-समयमा तोकेअनुसार) कर्जा व्यवस्थापन शुल्क (एलएएफ) लाग्ने छ । त्यस्तै, सिआइसी शुल्क र एसटिआर शुल्क  वास्तविक लागतका आधारमा लाग्ने छ ।

छिटो प्रक्रिया, समयमै निर्णय

नबिल बैंकले उक्त कर्जा प्रवाह प्रक्रियालाई छिटो र छरितो बनाएको छ । यसअन्तर्गत कर्जा प्रवाह वा प्राप्तिको प्रक्रिया सुरु गरेको ७ दिनभित्र स्वीकृत गर्ने र स्वीकृतिपछिको ५ दिनमा कर्जा रकम प्रवाह गर्ने गरी कुल १२ दिनभित्र कर्जा प्रवाह भइसक्ने बैंकले जनाएको छ । यसले गर्दा यो कर्जामा सञ्चालन हुने सम्बन्धित आयोजना समयमै पूरा भई अपेक्षित लाभ प्राप्त हुने अपेक्षा गरिएको छ ।

दिगो भविष्यतर्फको कदम

‘नबिल सस्टेनेबल सोलार इनर्जी लोन’ केवल वित्तीय उत्पादन मात्र नभई हरित ऊर्जा, कार्बन उत्सर्जन न्यूनीकरण र ऊर्जा आत्मनिर्भरतातर्फको महत्त्वपूर्ण पहल हो । बढ्दो विद्युत् माग र लागतको चुनौतीबीच यो योजनाले व्यवसायलाई दीर्घकालीन बचत, वातावरणमैत्री छवि निर्माण र ऊर्जा सुरक्षाको सुनिश्चितता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

नबिल बैंकको यो पहलले नेपालमा निजी क्षेत्रको नवीकरणीय ऊर्जा लगानीलाई थप गति दिने र दिगो आर्थिक विकासमा टेवा पुर्‍याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३