विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ८, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३८औं वार्षिकोत्सवको अवसरमा २९८ कर्मचारीलाई दीर्घसेवा र उपहार पदकबाट सम्मान गर्ने भएको छ । प्राधिकरणले वार्षिकोत्सवको अवसर पारेर विभिन्न तहमा कार्यरत कर्मचारीलाई दीर्घसेवा र अवकास भएका कर्मचारीलाई उपहार पदकबाट सम्मान गर्न लागेको हो ।

५९ कर्मचारी दीर्घसेवा पदकबाट र २३९ कर्मचारीलाई उपहार पदकबाट सम्मान गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार दीर्घसेवाबाट सम्मानित हुनेमा ९ तहका उप–निर्देशकदेखि ६ तहका सहायक कम्युटर अधिकृतसम्मको नाम स्वीकृत भएको छ ।

दीर्घसेवा पदक पाउनेमा ५ जना उप–निर्देशक, २ जना सहायक प्रबन्धक र ८ जना ७ तहका (प्रशासकिय अधिकृत, इन्जिनियर, लेखा अधिकृत) छन् । बाँकी  ४३ जना ६ तहका कर्मचारी रहेको प्राधिकरणले जनाएको छ ।

यस्तै, प्राधिकरणको सेवाबाट अनिवार्य तथा स्वेच्छिक अवकास लिएका २३९ कर्मचारीलाई उपहार पदक दिन लागिएको हो । उपहार पदक पाउनेमा ३ उपकार्यकारी निर्देशकदेखि जुनियर हेल्परसम्म छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३