विद्युत अपडेट

  • प्राधिकरण : ९२६७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५८२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६१ मे.वा.
२०८३ साउन २५, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । मनाङ जिल्लामा निर्माण गर्न लागिएको ६५ मेगावाटको दूध खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन (फाइनन्सियल क्लोजर) सम्पन्न भएको छ । दूध खोला हाइड्रो पावर कम्पनी प्रालिद्वारा प्रवर्द्धित आयोजनामा एनएमबि बैंक र सानिमा बैंकले ऋण लगानी गर्ने गरी वित्तीय व्यवस्थापन गरिएको हाे ।

कुल अनुमानित लागत १२ अर्ब ९९ करोड रुपैयाँ रहेको आयोजनामा बैंकहरूमार्फत रु. ९ अर्ब ६७ करोड ऋण लगानी गर्ने भएका छन् । यसका लागि साेमबार प्रवर्द्धक कम्पनी र दुई बैंकबीच ऋण सम्झाैता भएको हाे । सम्झौता पत्रमा एनएमबि बैंकका सहायक महाप्रबन्धक दिनेश दुलाल तथा प्रवर्द्धक कम्पनीका तर्फबाट अध्यक्ष अरुण केसीले हस्ताक्षर गरेका छन् ।

आयोजना प्रवर्द्धक कम्पनीको प्रमुख लगानीकर्ता माउन्टेन इनर्जी नेपाल लिमिटेड तथा सीताराम तिमिल्सिना समूह रहेको छ । 

त्यस्तै, एनएमबि बैंकले हालसम्म ५० वटाभन्दा बढी जलविद्युत् आयोजनाहरूमा लगानी गरिसकेको छ ।

बैंकले नेपाल राष्ट्र बैंकद्वारा जारी 'पर्यावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका, २०२२' अनुसार एनएमबि बैंकले पर्यावरणीय तथा सामाजिक नीति एवं व्यवस्थापन प्रणाली कार्यान्वयन गर्दै लगानीका वातावरणीय तथा सामाजिक पक्षहरूको मूल्यांकनका आधारमा जिम्मेवार लगानी सुनिश्चित गर्दै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३