विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले जलाशय जलविद्युत आयोजनामा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अबको आवश्यकता जलाशय जलविद्युत आयोजना भएकाले निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन हुने गरी लगानी गर्ने वातावरण मिलाइएको बताएका हुन् ।

उनले एउटा जलाशय जलविद्युत आयोजनामा बाँध र विद्युतगृह निर्माण गर्न छुट्टा छुट्टै प्रवर्द्धकले पाउने व्यवस्था बजेटमा गरिएको घोषणा गरे । साथै, निजी क्षेत्रका लागि नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने जलाशयको पानीको उपयोग गरी आफ्नो विद्युतगृह तथा अन्य सहायक संरचना निर्माण एवं सञ्चालन गर्न पाउने व्यवस्था पनि बजेटमा गरिएको छ ।

विद्युत प्राधिकरणको जलाशयको पानी उपयोग हुने गरी विद्युतगृह तथा अन्य सहायक संरचना निर्माण एवं सञ्चालन गर्दा निजी क्षेत्रले शुल्क तिर्नुपर्नेछ । जलाशयको बाँधको बहुउपयोग गरी प्रतिफल बढाउन निजी क्षेत्रबाट शुल्क लिइने बजेटमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit