काठमाडौँ । माई खोला हाइड्रो पावर लिमिटेडले हकप्रद सेयर निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा जेठ ९ आवेदन दिएको छ । कम्पनीले ३९ लाख २१ हजार ५ सय ६८ कित्ता सेयर निष्काशन गर्न माग गरेको हो ।
कम्पनीले १ बराबर १ को अनुपातमा शतप्रतिशत हकप्रद निष्कासनका लागि अनुमति माग गरेको हो । कम्पनीको चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ रहेको छ । कम्पनीले इलाममा ३ मेगावाटको सुपर माई क्यासकेड जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ ।