विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अहिले चलिरहेको २१औं सताब्दीको मध्यसम्ममा नवीकरणीय ऊर्जाको स्रोतबाट उत्पादन भएको विद्युत सबैभन्दा सस्तो हुन सक्ने एक अध्ययनले देखाएको छ । नवीकरणीय ऊर्जाको लागत घटाउने गरी नयाँ–नयाँ प्रविधिको विकास हुँदै गइरहेकाले भविश्यमा यसको दर पनि सस्तो हुँदै जाने  देखिएको हो ।

विद्युत उत्पादन लागत कम भई विद्युत दर सस्तो हुने हुँदा पेट्रोलियम ऊर्जालाई पछि पार्दै नवीकरणीय ऊर्जाले नेतृत्व लिने पोट्सडम इन्स्टिच्युट फर क्याइमेट इम्प्याक्ट रिसर्च (पिआइके) ले गरेको अध्ययनमा जनाइएको छ । अध्ययन अनुसार विश्व व्यापीरूपमा उत्सर्जन हुने कार्बनको मूल्यसँग तुलना गर्दा नवीकरणीय ऊर्जाको खपत बृद्धिले कार्बन उत्सर्जन कटौती गर्दै जानमा महत्त्वपूर्ण भूमिका खेल्न सक्नेछ ।

वर्तमान अवस्थामा उद्योग सञ्चालन, कोठा हिटिङलगायत कार्यका लागि कूल मागको ८० प्रतिशत पेट्रोलियम ऊर्जाबाट सिधै आपूर्ति हुँदै आएको छ । यस्तो कार्यका लागि करिब २० प्रतिशत मात्रै विद्युतको उपयोग हुने गरेको पिआइकेको अध्ययन रिर्पोटलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

‘हामीले गरेको अध्ययनले सन् २०५० सम्ममा नवीकरणीय ऊर्जाको खपतको अवस्था अहिलेकोभन्दा ठिक विपरित हुने देखाएको छ,’अध्ययनमा सहभागी लेखक गुन्नार लुडररले भने, ‘यो अवधिमा कार्बन उत्सर्जन नगर्ने स्रोतबाट उत्पादन भएको विद्युत विश्व बजारको प्रमुख आधार बन्नेछ ।’

जर्मनीस्थित टेक्निकल युनिभर्सिटी अफ बर्लिनका ग्लोबल इनर्जी एनालाइसिसका प्राध्यापक समेत रहेका उनले तुलनात्मकरूपमा सौर्य ऊर्जा प्रविधिको लागत ह्वात्तै घटिरहेकाले उत्पादन लागत कम भई विद्युत दर पनि सस्तो हुने बताए । पछिल्लो एक दशक अवधिमा सौर्य ऊर्जा उत्पादनको लागत ८० प्रतिशतसम्म घटेको छ । साथै, भविश्यमा पनि अहिलेको उत्पादन लागत अझै कम हुने प्रक्षेपण गरिएको छ ।

विद्युत उत्पादन लागत कम गराउने गरी विकास भएको प्रविधिले सौर्य ऊर्जाको विकासमा क्रान्ति ल्याउने सामाथ्र्य देखिएको अध्ययन रिर्पोटमा जनाइएको छ । अध्ययन अनुसार नवीकरणीय ऊर्जाको उत्पादन बढ्दै जाँदा विद्युतको सबै माग नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादनले नै धान्ने अवस्था आउने बताए ।

बढ्दो कार्बन उत्सर्जनले जलवायु परिवर्तनमा पारेको प्रभावका कारण आउने विपत्ति बढिरहेकाले विश्वको ध्यान नवीकरणीय ऊर्जा उत्पादनमा केन्द्रीत हुन थालेको छ । विश्वमा बढी कार्बन उत्सर्जन गर्ने चीन र भारतले पनि नवीकरणीय ऊर्जा उत्पादनमा जोड दिन थालेका छन् । 

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३