विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ २, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । लगानी बोर्ड नेपालले सरकारी स्वामित्वका कम्पनी, स्वदेशी तथा विदेशी निजी क्षेत्रले निर्माण गर्ने १७ सय मेगावाट भन्दा बढी क्षमताका जलविद्युत् आयोजना विकास गर्नका लागि लगानी स्वीकृत गरेको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा सम्पन्न बोर्डको ६०औँ बैठकले उक्त निर्णय गरेको हो ।

लगानी स्वीकृत भएका आयोजनाहरूमा  ३ सय ४१ मेगावाटको बूढीगण्डकी, २ सय १० मेगावाटको चैनपुर सेती र १ सय ६ मेगावाटको जलदुल्ला रहेका छन् । यी आयोजनाका लागि क्रमशः ७० अर्ब रुपैयाँ, ४७ अर्ब ५४ करोड रुपैयाँ र २३ अर्ब छढ करोड रुपैयाँ लगानी स्वीकृत गरिएको बोर्डले जानकारी दिएको छ ।

बैठकले ३२७ मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी र सम्राट सिमेन्ट कम्पनीको म्याद थप गर्ने निर्णय गरेको छ भने ७ सय ५० मेगावाटको पश्चिम सेती जलाशय आयोजनाको क्षमता बढाएर ८ सय मेगावाट बनाउने गरी म्याद थप तथा चार किल्ला जडित क्षेत्रको अनुमतिपत्र संशोधनको निर्णय गरेको छ । यस्तै, माथिल्लो कर्णालीको शेयर परिवर्तन र सम्झौतापत्र संशोधनको निर्णय पनि गरिएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३