काठमाडौं । दोलखामा ३.५२ मेगावाटको चरनावती खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले आफ्नो सेयरधनी सदस्यलाई ५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको आइतबार (मंसिर ११ गते) बसेको सञ्चालक समितिको बैठकले सेयरधनी सदस्यलाई बोनस सेयर तथा लाभांश दिने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७८/७९ को चुक्ता पुँजी बाट ५ प्रतिशत हुन आउने १ करोड ५९ लाख ९६ हजार ५ सय रुपयाँ बोनस सेयर दिने निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार लगानीकर्ताका लागि ०.२६३२ प्रतिशत हुन आउने ८ लाख ४१ हजार ९ सय २१ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय भएकाे छ ।
कम्पनीले प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेकाे छ । सभाबाट प्रस्ताव पारित हुने लगतै लगानीकर्तालाई लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।
थप जानकारीकाे लागि