विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम (नबिल एसएस) सुरु गरेको छ । समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने नविन सोचमा आधारित उद्यमलाई प्रवद्र्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम सुरु गरेको हो ।

स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सिप तथा वित्तिय सहयोग उपलब्ध गराई सामाजिक उद्यमको प्रवद्र्धन गर्ने उद्येश्यका साथ  नबिल एसएसले हाललाई सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रम र फेलोशिप कार्यक्रम  गरी दुई किसिमका कार्यक्रम तय गरेको छ । 

शुरुवाती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले ७ वटै प्रदेशका ७ वटा स्कुल÷कलेज तथा विश्वबिद्यालय सँग सम्झौता गरेको छ । बैंकले प्रदेश १ को महेन्द्र मोराङ आदर्श मल्टिपल क्याम्पससँग, प्रदेश २ को बिरगन्ज पब्लिक कलेजसँग, बागमतीको क्याम्पियन कलेजसँग, गण्डकी प्रदेशको फ्याकल्टी अफ ह्युमानिटिज एण्ड सोसल साइन्स, पोखरा विश्वविद्यालयसँग सम्झौता गरेको छ ।

यस्तै, लुम्बिनीको क्षितिज इन्टरनेशनल कलेज, कर्णालीको सुर्खेत मोडल कलेज र सुदुर पश्चिमको सुदुर पश्चिमाञ्चल एकेडेमीसँग सम्झौता गरिसकेको बैंकले जनाएको छ । यो कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी विश्वविद्यालय वा कलेजसँग सहकार्य गरि वार्षिक ७ सय विद्यार्थीहरुलाई सामाजिक उद्यमी बन्ने अवसर श्रृजना गर्नेछ ।

त्यसैगरी फेलोशीप कार्यक्रम आवासीय तालिममा आधारित हो, जुन काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको व्यबस्थापन संकायको स्कुल अफ म्यानेजमेन्ट सँग सम्झौता गरेको छ । यसै गरी एक वर्षसम्मको आवश्यक सहयोग सहित ४० सहभागिलाई संलग्न गराउने ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्ष भित्रका इच्छुक व्यक्तिलाई उद्यमको शुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको छ ।

यो कार्यक्रममा सहभागि हुन चाहने व्यक्तिले तोकिएको मापदण्ड अनुसार निवेदन दिन सक्नेछन् र छनौटमा परेका व्यक्तिहरुलाई उद्यमशीलताको तालिम दिइने छ । उनिहरुका लागि तालिम अवधिमा बस्ने, खाने सुविधा उपलब्ध  हुनेछ ।

नबिल एसइइका दुबै कोर्स पुरा गरेको व्यक्ति उद्यमशीलताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडेल गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम शुरुवात गर्न सक्ने अपेक्षा गरिएको छ । उनिहरुले शिक्षा, स्वास्थ्य, पानी तथा सरसफाइ, कृषि, खाद्य, जीविकोपार्जन, उर्जा र जलवायु परिवर्तन जस्ता क्षेत्रहरुमा लगानी गरी सामाजिक उद्यमशीलता विकास गर्न सक्नेछन् ।

 सहभागिहरुले सामाजिक उद्यम सञ्चालनको तरिका संगै आधारभूत कानूनी तथा कर सम्बन्धीका ज्ञान पनि पाउँनेछन् । सामाजिक समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक संजाल मार्फत आफ्नो व्यवसाय प्रवद्र्धन, लेखा सम्बन्धी ज्ञान, आवश्यक  योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय सञ्चालनका आधारभूत कुराहरुको समेत व्यवहारिक ज्ञान र सीप पाउँनेछन् ।
 
लघु वित्त, संस्था व्यवस्थापन, परियोजना सञ्चालन तथा व्यवस्थापन, प्रस्तुति कला, आफ्ना वस्तु तथा सेवाको बजारिकरण जस्ता विषयलाई समेत तालिममा समावेश गरिएको छ । यसले गर्दा यो तालिम व्यवसाय सुरुवात तथा सञ्चालनमा मात्र सिमित नभएर उद्यमीको व्यक्तित्व, नेतृत्व र विविध सीप विकाससँग समेत जोडिएको छ ।

यसरी व्यवसाय सञ्चालनका लागि आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञानका साथै कर्जाका लागि समेत सहयोग गरिने भएकाले यो कार्यक्रमले नयाँ उद्यमीलाई सफल र सक्षम बनाउन रचनात्मक सहयोग पुग्नेछ । 

नेपालको संविधानले परिकल्पना गरेको हरेक नागरिकको आर्थिक, सामाजिक र समावेशी विकासको भावनालाई प्रवद्र्धन गर्न यो कार्यक्रमले निजि, सार्वजनिक, शैक्षिक संस्था र समुदायवीचको रचनात्मक सामूहिकतालाई प्रवद्र्धन गर्ने  प्रयास गरेको छ । दिगो विकास लक्ष्य, नेपालको पन्ध्रौं आवधिक योजना लगायतका दस्तावेजले समेत प्राथमिकतामा राखेको समावेशी विकासलाई साकार पार्न यस्ता  कार्यक्रमले सहयोग पुग्नेछ । 

यो कार्यक्रम पूर्ण व्यवसायिक चक्रको प्याकेज भएकाले सामाजिक उद्यमका लागि अवधारणा निर्माण गर्ने, त्यसलाई लगानीयोग्य बनाउने तथा साना भन्दा साना शिप र रोजगारी गरि जीवन निर्वाह गरिरहेकाहरुलाई पनि उद्यमी  बनाउँन एक नयाँ सुरुवात हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit