विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सामुदायिक ग्रामीण विद्युतीकरणअन्तर्गत पर्साका ९ वटा विद्युत उपभोक्ता समितिले नै नेपाल विद्युत् प्राधिकरणलाई महसुल बुझाएका छैनन् । यी सामुदायिक संस्थाले विद्युत् उपयोग गरेवापतको बक्याैता महसुल नतिरेका हुन् ।

सामुदायिक संस्थाले महसुल नबुझाएपछि बक्यौता बुझाउन आग्रह गर्दै प्राधिकरणले बुधबार सार्वजनिक सूचना जारी गरेको छ । महसुल बक्यौता राख्नेमा पटवा सुगौली गाउँपालिकाको देकुली विद्युत् उपभोक्ता समिति रहेको छ ।

यसैगरी, सखुवा प्रसौनी गाउँपालिकाका देउराली, पारसनाथ, धोबिनी गाउँपालिकाको शिवशक्ति जीवनज्योती र उजाला विद्युत् उपभोक्ता, पाकाहा मैनपुर गाउँपालिकाको धोरे विद्युत् उपभोक्ता समितिले बक्यौता बुझाएका छैनन् ।

कालिकामाई गाउँपालिकाको प्रकाश विद्युत् उपभोक्ता समिति र पोखरिया नगरपालिकाको विद्युत् उपभोक्ता समितिले बक्यौता महसुल नबुझाएको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय सामुदायिक ग्रामीण विद्युतीकरण विभागले सूचना जारी गर्दै पर्साको पोखरिया वितरण केन्द्र अन्तर्गतका सामुदायिक वितरक संस्थाहरूलाई ३५ दिनभित्र महसुल बुझाउन आग्रह गरेको छ ।

तोकिएको समयावधिभित्र बक्यौता महसुल नबुझाएमा प्राधिकरणको सामुदायिक ग्रामीण विद्युतीकरण विनियमावली २०७१ (संशोधन सहित) को विनियम २८ को प्रावधान बमोजिम कारवाही हुने सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit