विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य अत्यधिक विद्युत् लोडका कारण पछिल्लो समय चितवनमा देखिएको समस्याबारे बुझ्न सोमबार भरतपुर पुगेका छन् । कार्यकारी निर्देशक शाक्यले पछिल्लो समय चितवन जिल्लामा देखिएको अत्यधिक लोड व्यवस्थापनमा प्राधिकरण मातहतका निकायले गरिरहेका कार्य प्रगति तथा अवस्थाबारे बुझ्ने, आवश्यक निर्देशन दिने तथा थप कदम चाल्नेबारे निर्णय लिन चितवन पुगेको उनको सचिवालयले जनाएको छ । 

केही दिनअघि चितवनको चनौली वितरण केन्द्रले आन्तरिक लोड व्यवस्थापनका लागि आवश्यक मर्मत तथा सुधारको काम गर्न एक दिन विद्युत् अवरुद्ध हुन्छ उपभोक्तालाई पूर्वजानकारी दिन निकालेको सूचनालाई ‘लोडसेडिङ’ भनेर भ्रम सिर्जना गरिएको प्राधिकरणले जनाएको छ ।  

पछिल्लो समय वर्षा नभई लामो खडेर पर्दा तराई तथा भित्रि मधेस क्षेत्रमा चिस्याउने विद्युतीय उपकरण तथा सिँचाइका लागि विद्युत् मोटरको अत्यधिक प्रयोगका कारण प्रसारण तथा वितरण प्रणालीले नै नधान्ने गरी विद्युत्को लोड बढ्दा प्राधिकरणले विभिन्न मर्तत तथा सुधारका कार्य गर्न ठाउँठाउँमा निश्चित अवधिका लागि आपूर्ति बन्द गर्नुपरिरहेको जनाएको छ । 

कार्यकारी निर्देशक शाक्यले चितवनमा अत्याधिक लोडको कारण सिर्जित यी विधिध समस्या र भ्रम समाधानका लागि भरतपुरस्थित सबस्टेसन तथा वितरण केन्द्रहरूबाट विद्युतीय संरचनाहरुमा भइरहेको मर्मत तथा निर्माण कार्य निरीक्षण गर्ने छन् । 

शाक्यका साथमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दिर्धायुकुमार श्रेष्‍ठसहितको टोली चितवन पुगेको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३