विद्युत अपडेट

  • प्राधिकरण : ८८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : १६९७४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४८६७३ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २०१५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७४४८६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३०६ मे.वा.
२०८३ साउन १२, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले असार मसान्तसम्म खपत भएको विद्युत्‌को महसुलमा ग्राहकले तिरिसकेको मूल्य अभिवृद्धि कर (भ्याट) रकम आगामी भदौ महिनाको बिलमा समायोजन गरिने जानकारी गराएको छ । प्राधिकरणले सोमबार सूचना जारी गरी यसबारे स्पष्ट पारेको हो ।

आर्थिक ऐन २०८३ ले गरेको कर सम्बन्धी संशोधन अनुसार २०८३ साउन १ गतेदेखि विद्युत् सेवा मूल्य अभिवृद्धि करमा दर्ता भई प्राधिकरणले कर बिजक जारी गर्न थालेको थियो । असार महिनाको विद्युत् खपतको बिलिङ साउनमा गर्दा भ्याट आकर्षित हुने/नहुने विषयमा अन्योल उत्पन्न भएपछि प्राधिकरणले आन्तरिक राजस्व विभाग तथा ठूला करदाता कार्यालयसँग स्पष्टताका लागि अनुरोध गरेको थियो ।

यसै सन्दर्भमा आन्तरिक राजस्व विभागको सोमबार जारी गरेको सूचना अनुसार मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची-१ समूह २ (आधारभूत आवश्यकताका वस्तुहरू) अन्तर्गत २०८३ साउन १ गतेभन्दा अगाडिसम्मको विद्युत् खपतमा भ्याट छुट हुने सूचीमा रहेकाले असार ३२ गतेसम्मको विद्युत् उपभोगमा भ्याट नलाग्ने निर्णय भएको जनाएको छ ।

प्राधिकरणका अनुसार साउन महिनाको बिलमा भ्याट जोडिएर आएको र ग्राहकले भुक्तानीसमेत गरिसकेको भए उक्त भ्याट रकमलाई अग्रिम भुक्तानीको रूपमा कायम गरी २०८३ भदौ महिनाको बिलमा समायोजन गरिने छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३