विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले दक्षिण कोरियाली लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् । दक्षिण कोरियामा आयोजित 'नेपाल इन्भेष्टर सेमिनार'लाई सम्बोधन गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको र नेपालको कन्ट्री रेटिङसमेत दक्षिण एसियामा भारतबाहेक सबैभन्दा राम्रो रहेकोले नेपालमा ढुक्कसँग लगानी गरी सहज र सुरक्षित प्रतिफल लिन आग्रह गरेका हुन् ।

नेपालमा कोरियन लगानीमा २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको निर्माण अघि बढाएको सन्दर्भमा कार्कीले नेपालमा ऊर्जा उत्पादनको ठूलो सम्भावनालाई साकार पार्न कोरियाबाट धेरै ठूलो लगानीको अपेक्षा गरेको बताए ।कोरियामा बसेका नेपालीहरूले समेत नेपालको ऊर्जा क्षेत्रमा प्रवर्द्धक तथा साधारण सेयरको रूपमा लगानी गरेको स्मरण गर्दै उनले राष्ट्र र व्यक्तिगत फाइदाका लागि समेत कोरियामा बस्ने नेपालीबाट थप लगानीका लागि आग्रह गरे ।

हाल नेपालको जलविद्युत्‌को जडित क्षमता ३ हजार २ सय मेगावाट पुगेकोमा झण्डै ८० प्रतिशत अर्थात् २६ सय मेगावाट निजी क्षेत्रबाट उत्पादन भइरहेको छ । ४ हजार मेगावाट निर्माणाधीन र त्यति नै क्षमताका आयोजना वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको, १० हजार मेगावाट क्षमताका आयोजना विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) को पर्खाइमा रहेको र २८ हजार मेगावाट क्षमताका आयोजना विभिन्न चरणमा रहेको कार्कीले जानकारी गराए । यी आयोजनाको क्षमताले नेपाल विश्व बजारमा 'क्लिन इनर्जी'को हबको रूपमा स्थापित हुने पनि उनको भनाइ थियो ।

नेपालले अहिले वर्षायाममा १ हजार मेगावाट भारत र ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरिरहेको छ भने भारतबाट हिउँदमा ७०० मेगावाटसम्म विद्युत् आयात गरिरहेको छ । 'विदेशी लगानी विशेषगरी कोरियन लगानीका लागि नेपालमा धेरै ठूलो अवसर छ । नेपालको क्षत्रीय बजारमा भइरहेको विद्युत् व्यापारले क्षेत्रीय ऊर्जा सहकार्यलाई दर्शाइरहेको छ । यसले नेपाल एसियामा ठूलो ऊर्जा निर्यातकर्ता मुलुक बन्न सक्ने देखाउँछ,' कार्कीले भने ।

सन २०३५ सम्म नेपालले २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएकोमा १५ हजार मेगावाट निर्यात गर्ने र १३ हजार ५०० मेगावाट आन्तरिक खपत गर्ने लक्ष्य लिएको छ । यसका लागि नेपाललाई ५० अर्ब अमेरिकी डलर उत्पादनमा र ८ अर्ब डलर प्रसारण र वितरण संरचना निर्माणमा लगानी चाहिने कार्कीले बताए ।

यो लक्ष्य प्राप्तिका लागि नेपालले लगानीकर्तालाई मात्रै आमन्त्रण गरेको छैन, त्यहाँ आयोजनाका लागि आवश्यक पर्ने कन्सल्ट्यान्ट सेवा, उपकरण उत्पादक, उपकरण आपूर्तिकर्ता, डिजाइनर, बैंकर, बीमक, पुर्नबिमक लगायतका सेवा प्रदायकका लागि पनि ठूलो अवसर रहेको कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३