विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले निरन्तरता पाउने भएको छ । नेपाल सरकार र एमसिसीबीच २०७४ भदौ २९ गते भएको अनुदान सहयोगसम्बन्धी कम्प्याक्ट कार्यान्वयन सम्झौता २०८१ फागुन २२ गतेको पत्र अनुसार स्थगित भएकोमा साउन ८ गते प्राप्त पत्र अनुसार निरन्तरताका लागि सिफारिस भएको जानकारी आएको अर्थ मन्त्रालयले जनाएको हो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पको २०२५ जनवरी २० तारिकको कार्याकारी आदेशबाट पुनरावलोकनका लागि उक्त सहयोग सम्बन्धी सम्झौता ३ महिनाका लागि स्थगित गरिएको थियो ।

अमेरिकाले एमसिसी अनुदान अन्तर्गत ५५ करोड अमेरिकी डलरको अनुदान सहयोग तथा नेपालको १३ करोड डलर लगानीमा ३१५ किलोमिटर उच्च क्षमताको विद्युत् प्रसारण लाइन, ३ वटा ४०० केभीका सबस्टेसन तथा सडक सुधार परियोजना सञ्चालन गर्ने गरी सम्झौता अघि बढेको थियो । 

उक्त सहायताअन्तर्गतका परियोजना कार्यान्वयनमा लान नेपाल सरकारले एमसिए– नेपाल विकास समिति गठन गरी काम अघि बढाएको थियो । अमेरिकी सरकाले अचानक समीक्षाका लागि भन्दै ३ महिना उक्त सहयोग स्थगत गरेपछि अन्योल सिर्जना भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३