विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल र भारतको उत्तर प्रदेश जोड्ने १३२ केभी मैनहिया–सम्पतिया प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको लाइन हिजो (१३ गते) शनिबारदेखि सञ्चालनमा आएको हो ।

प्रसारण लाइनको तार तान्दा तारमुनि परेको जग्गाका जग्गाधनीहरूलाई मुआब्जा दिँदा करिब ७० करोड तिर्नुप¥यो,’ उनले ऊर्जा खबरसँग भने, ‘स्थानीय अवरोधका बावजुत पनि उनीहरूसँग समन्वय गरेर काम सम्पन्न गर्न सकियो ।’ करिब ४१ करोड रुपैयाँ लागतमा पूरा भएको लाइन अन्तर्गत लाइनमा ९६ वटा टावर निर्माण गरिएको छ ।

यसअघि नेपाल र उत्तर प्रदेशसँग जोडिने लाइन ३३ केभीको मात्र रहेको र हाल १३२ केभीको संरचना निर्माण भएपछि यसले अन्तरदेशीय विद्युत व्यापारलाई समेत सहयोग पुर्याउने पाण्डेले बताए । मैनहिया सबस्टेसनबाट सुरु हुने प्रसारण लाइन भारतीय सीमा मर्चवार (श्रीरामपुर) सम्म निर्माण गरिएको उनले जानकारी दिए ।

२०७५ साल माघमा पोखरामा सम्पन्न छैटौं नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकका क्रममा न्यू नौतनवा–मैनहिया प्रसारण लाइन निर्माण गर्ने सहमति भएको थियो । यसपछि, २०७६ कात्तिकमा भारतको बैङलोरमा सम्पन्न ऊर्जा सचिवस्तरीय सातौं बैठकले पनि यो लाइन तथा सबस्टेसन निर्माणलाई प्राथमिकता दिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३