विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ चैत १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उतपादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको सुयुक्त रुपमा आयोजनामा हुन लागेको एक्स्पो एक दिन पर सारिएको हो ।

यस अघि चैत १८ देखि २० गतेसम्म आयोजना हुने भनिएको एक्स्पो घोडेजात्राका कारण १ दिन पर सारिएको आयोजकले जनाएको छ । चैत १८ गते घोडेजात्राका दिन सैनिक मञ्चमा आयोजना हुने कार्यक्रमका कारण एक्स्पो आयोजनास्थल भृकुटीमण्डप क्षेत्रमा सवारी आवागमनमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै एक दिन ढिला गरी एक्स्पो सुरु गर्न लागिएको हो ।

‘नेपालको जलविद्युतको बजारीकरण’ भन्ने नाराका साथ हिमालयन हाइड्रो एक्स्पो २०२२ आयोजना गर्न लागिएको हो । पूर्वनिर्धारित कार्यक्रमलाई घोडेजात्राका कारण असर पर्न सक्ने भएकाले चैत १९ गते शनिबारदेखि सुरु गर्न लागिएको आयोजकले जनाएको छ  ।

नेपालस्थित भारतीय राजदुतावासको समन्वय तथा बेलायती राजदुतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर रहने एक्स्पोमा १ सय भन्दा बढी स्टल रहने छन् । जलविद्युत प्रवद्र्धक, उत्पादक, इक्युप्मेन्ट सप्लायर्स, टर्वाइन उत्पादक, लगानीकर्ता, बैंक, बीमालगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल एक्स्पोमा रहने आयोजनाले जनाएको छ । झण्डै ५० प्रतिशत विदेशी स्टल रहने आयोजकको भनाई छ ।

भारतीय राजदुतावासको समन्वयमा एक्स्पो आयोजना हुँदा नेपाल र भारतका उर्जासम्बद्ध व्यक्ति तथा संस्थाबीच पारस्परिक सहकार्यमा समेत सहजता आउने आयोजकको अपेक्षा छ ।

हाइड्रो सम्बन्धी अन्तराष्ट्रिय स्तरको पछिल्लो प्रविधिका बारेमा जानकारी गराउन, हाइड्रोसम्बन्धी अन्तराष्ट्रिय सरेकार राख्नेहरुलाई एकै छानामुनि भेला पार्न तथा विभिन्न मुलुकसँग हाइड्रो विकासका सम्बन्धमा छलफल गर्ने उद्देश्यले एक्स्पो अयोजना गर्न लागिएको हो ।

यस पटकको एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रोे पावर रोबोथन ‘हाइड्रोकर्न २.०, ब्याटल रोबोट्स तथा हाइड्रो पावरको लाइभ डेमोन्स्ट्रेशन विशेष आकर्षण बन्नेछन् । विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिशन हाइड्रोकन २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरुका साथै टनेल चेकिङ र इन्स्पेक्शन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरुको प्रतिष्पर्धा एक्स्पोमा समावेश गरिनेछ ।

विद्युतीय सवारी साधनको र्याली पनि एक्स्पोको विशेष आकर्षण बन्ने मात्र नभई विद्युतीय सवारी साधनको बजारीकरण तथा सोको माध्यमबाट जलविद्युतको आन्तरिक बजार बिस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । एक्स्पो अवलोकनका लागि आएका अवलोकनकर्तालाई हेलिकप्टर मार्फत हाइड्रोपावर आयोजनाहरुको भ्रमण गराउने व्यवस्था गरिएको छ ।

एक्स्पोमा ड्रोन हाइड्रो पावर भिडियो मेकिङ कम्पिटिशन आकर्षणका रुपमा रहने छ । हाइड्रो पावरका विषयमा जानकारी दिने स्टल पनि राखिने, साथै हाइड्रो पावरमा आधुनिक प्रविधिको सम्भावित प्रयोगका सम्बन्धमा एक्स्पोमा जानकारी दिइने छ ।

जलविद्युत लगानीकर्ता, उत्पादक, इन्जिनियरलगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने र यसले राष्ट्रको ऊर्जा विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ । ३ दिनसम्म चल्ने एक्सपोमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit