विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

जाजरकोट । नलगाड जलविद्युत् कम्पनी लिमिटेडले जग्गा अधिग्रहणको काम ९५ प्रतिशत सकेको छ । कतिपयको अंशबन्डा हुन बाँकी रहेको, आपसी विवाद र कतिपय विदेशमा रहेकाको नाममा रहेको जग्गाबाहेक अन्य सबै जग्गा कम्पनीले अधिग्रहण गरेको हो ।

लिमिटेडका कार्यकारी निर्देशक रामगोपाल लेगेजुले अहिलेसम्म ९५ प्रतिशत जग्गा अधिग्रहण गरिसकेको जानकारी दिनुभयो । चार हजार ६०५ रोपनी जग्गा अधिग्रहण गर्ने भनेर आर्थिक वर्ष २०७६/७७ मा जारी सूचनाअनुसार अहिलेसम्म चार हजार ३६७ रोपनी जग्गा अधिग्रहण गरिसकेको र बाँकी २३८ रोपनी जग्गा मात्र अधिग्रहण गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

जम्मा तीन हजार ९३३ कित्तामा झन्डै पाँच सय घर रहेको भन्दै कार्यकारी निर्देशक लेगेजुले उक्त घरको यसै वर्ष मूल्याङ्कन तथा मूल्य निर्धारण गरेर अधिग्रहणको काम सक्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । आयोजनाका इन्जिनियर पदम थापाका अनुसार कालीमाटी–खारा–लैखम–अँधेरी खोला आयोजना पहुँच मार्गमा पर्ने छवटा घरको मूल्य निर्धारण हुनुका साथै २१ लाख रुपियाँ निकासा भइसकेको छ । बाँकी अधिग्रहण गर्नुपर्ने घरको मूल्याङ्कन तथा मूल्य निर्धारण गरेर आगामी फागुनदेखि मुआब्जा वितरण थाली यसै वर्ष अधिग्रहण सक्ने योजना रहेको बताइएको छ ।

आव २०७६/७७ मा प्रकाशित सूचनामा जग्गा अधिग्रहण गर्न मूल्य निर्धारण समितिले गरेको निर्णयअनुसार आयोजनाले प्रतिरोपनी छ लाख रुपियाँका दरले मुआब्जा वितरण गरेको थियो । चार हजार ६०५ रोपनी जग्गा अधिग्रहण गर्न दुई अर्ब ७६ करोड ३१ लाख १२ हजार ७९८ रुपियाँ मुआब्जा वितरण गर्ने तयारी आयोजनाले गरेको छ ।

नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडका सर्वेक्षक चित्र केसीले हालसम्म अधिग्रहण गरिएको जग्गाको मुआब्जा दुई अर्ब ६२ करोड वितरण गरिसकेको जानकारी दिनुभयो । नलगाड हाइड्रोपावर आयोजना विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) रिपोर्ट आउन अझै आठ महिनाको समय लाग्ने कार्यकारी निर्देशक लेगेजुले जानकारी दिनुभयो ।

हाल फिल्ड सर्वेक्षण भइरहेको जानकारी दिँदै उहाँले फिल्ड सर्वेक्षण गर्न झण्डै पाँच÷छ महिनाको समय लाग्ने बताउनुभयो । कोभिड–१९ का कारण फिल्ड सर्वेक्षणको काम बीचैमा रोक्नु परेको भन्दै उहाँले टेस्टिङ सुरुङको फिल्ड सर्वेक्षण भइरहेको बताउनुभयो ।

फिल्ड सर्वेक्षणको काम सम्पन्न भइसकेपछि अन्तिम रिपोर्ट तयार गरी आयोजनालाई बुझाउन परामर्शदाता कम्पनीलाई अझै आठ महिनाको समय लाग्ने बताइएको छ । आयोजनाबाट ४१० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

गाेरखापत्र दैनिक

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit