विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

संखुवासभा । मा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रोको काम पुनः सुचारु भएको छ । त्यहाँ कार्यरत मजदुरहरूले तलब वृद्धि, हरेक महिना तलब पाउनुपर्ने, ओभरटाइम सुविधा, साप्ताहिक, पाक्षिक, मासिक रूपमा बिदा सुविधा पाउनुपर्ने, जिल्ला दररेटअनुसार पारिश्रमिक उपलब्ध गराउनुपर्ने लगायतका ९ बुँदे माग राखी सोमबारदेखि आन्दोलनमा उत्रिएका थिए ।

बुधबार मजदुर, स्थानीय प्रशासन र जनप्रतिनिधिबीच भएको सहमतिअनुसार जिल्लामा चलेको दररेटअनुसार तलबभत्ता दिने, ८ घण्टा बढी काम गर्ने मजदुरलाई १ दशमलव ५ प्रतिशतले ओभरटाइम दिने मजदुरले काम बिगारेको अवस्थामा स्पष्टीकरणको मौका दिएर मात्र कामबाट निकालिने, हरेक महिना मजदुरको पारिश्रमिक बैंकमा जम्मा गरिदिनुपर्ने लगायतका बुँदामा सहमति भएको मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोख्रेलले जानकारी दिए ।

मजदुरको मागअनुसार दुवै पक्षबीच सहमति भएपछि बुधबार साँझबाट परियोजनाको काम पुनः सुरु भएको अध्यक्ष पोख्रेलले जानकारी दिए । संखुवासभाको मकालु गाउँपालिका–५ नुम दोभान फ्याक्सिन्दामा निर्माण भइरहेको अरुण तेस्रोको ड्याम साइट, सुरुङ र चिचिला–२ पुखुवामा पावर हाउस निर्माणमा खटिएका मजदुरले ९ महिनाअघि सहमति गरिएका बुँदा कार्यान्वयन नगरिएको भन्दै ९ बुँदे मागसहित गत सोमबारदेखि जुलुस र आन्दोलन गर्दै काम अवरुद्ध गरेका थिए ।

अहिले मकालु गाउँपालिकामा पर्ने नुम दोभान फ्याक्सिन्दामा ड्यामसाइट र सुरुङ निर्माणको काम भइरहेको छ भने चिचिला गाउँपालिकाको दिदिङ पुखुवामा पावरहाउस निर्माणको काम धमाधम भइरहेको छ । २०८१ साल सम्ममा निर्माण गरिसक्नुपर्ने गरी सम्झौता गरिएको आयोजनाको करिब ४० प्रतिशत कार्य सम्पन्न भइसकेको परियोजनाले जनाएको छ ।

काराेबार दैनिक

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३