विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको निर्माण ८० प्रतिशत पूरा भएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले निर्माण गरिरहेको आयोजनाकाे काम अन्तिम चरणमा पुगेकाे हाे ।

आयोजनाको बाँध, पाइपलाइन र विद्युतगृह, प्रसारण लाइन सबै संरचनाको काम तीव्र गतिमा अघि बढेको आयोजना प्रमुख लेखनाथ पाण्डेले बताए । उनका अनुसार बाँध क्षेत्रको काम ९० प्रतिशत सकिएको छ । 

‘६.३ किलोमिटर लामो पेन्स्टक पाइपलाइनको काम ५ हजार मिटर सकिएको छ’, उनले ऊर्जा खबरसँग भने, ‘पाइपलाइनको पाइप बिछ्याउने बाँकी १३ सय मिटर पनि छिटै पूरा गर्ने गरी काम भइरहेकाे छ ।’ विद्युतगृहको सिभिल संरचनाको काम ९५ प्रतिशत सकिएको छ । इलेक्ट्रो मेकानिकल उपकरण जडानकाे काम भइरहेकाे छ ।

आयोजनाको सबै काम वैशाखभित्र पुरा गरी जेठदेखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गर्दा आयोजनाबाट विद्युत उत्पादन गर्ने अवधि २०७९ साउनको अन्तिमलाई तोकिएको थियो तर पछिल्लो समय विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण निर्माण अवधि एक वर्ष लम्बिएको छ ।

सोही अनुसार विद्युत उत्पादन गर्नुपर्ने मिति (आरसिओडी) २०८० साउन ४ गतेलाई तोकिएको छ । ताेकिएकाे समयभन्दा २ महिना अगावै उत्पादन सुरु गर्ने याेजनासहित अघि बढेकाे पाण्डेले बताए ।

आयोजनाबाट उत्पादित विद्युत ५ किलोमिटर दूरीमा रहेको प्राधिकरणको लाहाचोक सबस्टेसनमा जोडिनेछ । सबस्टेसनको आवश्यक १३२ केभी डबल सर्किट प्रसारण लाइन कम्पनी आफैंले निर्माण गरिरहेकाे छ ।

प्रसारण लाइनको जग खन्ने काम भइरहेको छ । टावर खडा गर्ने तयारी गरिरहेको पनि पाण्डेले बताए । आयोजना सम्पन्न गर्न ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा एनएमबी बैंककाे अगुवाईमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । 

एनएमबीले २ अर्ब २० करोड, कर्मचारी संचय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन । बाँकी ३० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ स्वपुँजी लगानी छ ।

विद्युत प्राधिकरणले यो आयोजनाको विद्युत हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा किन्ने गरी विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३