विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जलवायु परिवर्तनको असर न्यूनिकरण र हरित ऊर्जा विकासमा सरकारलाई सहयोग पुर्याउने उद्देश्यले आगामी असोज २४ र २५ गते काठमाडौंमा ‘ग्रिन हाइड्रोजन समिट’को आयोजना गर्न लागिएको छ । जलवायु अनुकूलका पूर्वाधारमा लगानी गर्ने लक्ष्यले आयोजना गरेको सम्मेलनमा सरकार तथा नेपाल विद्युत प्राधिकरणले समेत सहभागी हुनेछन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष समेत रहेका मेलबर्न इन्स्टिच्यूट अफ टेक्नोलोजी (एमआइटी) ग्रुप अफ फाउण्डेसनका अध्यक्ष शेष घले तथा गैरआवासीय नेपालीहरूको अगुवाईमा हुन लागेमो सम्मेलनले हरित ऊर्जा विकासमा प्रभावकारी नीतिगत व्यवस्था तर्जुमा गर्न सरकारलाई घच्घच्याउने बताइएको छ । विश्वभरि अहिले दुषित ऊर्जा विस्थापनको अभियान बढ्दै गएको हुँदा त्यसलाई नेपालले पनि छिटो भन्दा छिटो अवलम्बन गर्नुपर्ने घलेले बताए ।

‘पग्लिँदै गरेका हिमालका लागि एन्टिडोट अर्थात् प्रतिरक्षा’ भन्ने मुल नाराका साथ आयोजना हुन लागेको सम्मेलनले देशभित्र अनुकूल नीतिगत व्यवस्था कायम गर्दै विद्युत खपतमा ठूलो सहयोग पुर्याउने अपेक्षा गरिएको छ । हरित हाइड्रोजनको उत्पादन, भण्डारण र वितरण क्षमताको अध्ययनमा टेवा पुर्याउने पनि सम्मेलनको उद्देश्य रहेको बताइएको छ ।

नेपालमा पर्यावरणीय दिगो हरित हाइड्रोजन अर्थतन्त्रको विकास गरी ऊर्जा र खाद्य सुरक्षाको सुनिश्चितता बढाउने लक्ष्य सम्मेलनको छ । सम्मेलनले जलविद्युतको प्रयोग गरी हरित हाइड्रोजनको उत्पादन र उत्पादित हाइड्रोजनलाई अमोनिया उत्पादनमा प्रयोग गर्ने र यस बाहेक हाइड्रोजनलाई अरु कुन क्षेत्रमा प्रयोग गर्न सकिन्छ भन्ने विषयलाई केन्द्रमा राखेको छ । यस सम्बन्धी नीति सुधारका लागि इनोभेटिभ वित्तिय मोडालिटी, वैदेशिक प्रत्यक्ष लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधिको प्रयोग र नीति निर्माणका लागि बलियो आधार निर्माण गर्न पनि सम्मेलनले उल्लेखनीय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

जलवायु परिवर्तनको असर न्यूनीकरण  तथा आर्थिक वृद्धि हासिल गर्नका लागि स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुल पुर्वाधारमा लगानी गर्नुपर्ने विषयमा विश्वव्यापी रूपमा छलफल भईरहेको सन्दर्भमा हरित हाइड्रोजन सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । त्यसैगरी नेपालले पर्यावरणीय समस्याहरूको दीर्घकालीन समाधानका लागि नवीनतम उपायहरू पत्ता लगाउन पनि सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

सम्मेलनका मुख्य उद्देश्यहरू

१. नेपालमा हरित हाइड्रोजनको उत्पादन, भण्डारण तथा वितरण क्षमताको अध्ययन गर्ने

२. नेपालमा हरित एमोनियाबाट रासायनिक मल उत्पादनको सम्भावना र क्षमताको बारेमा विश्लेषण गर्ने

३. अन्तर्राष्ट्रिय वक्ताहरूले हरित हाइड्रोजन उत्पादनका लागि लाग्ने लागत, प्रयोग हुने प्रविधि र ग्लोबल ट्रेन्डको बारेमा जानकारी दिने

४. हरित हाइड्रोजन र युरिया उत्पादनमा ठूलो मात्रामा निजी लगानी आकर्षित गर्ने

५. दिगो विकासका लक्ष्यहरू हासिल गर्ने, हरित, जलवायुमैत्री हरित हाइड्रोजन योजनालाई प्राथमिकतामा राख्ने

६. ऊर्जाको सहज प्रसारण सम्बन्धी नीतिको रोडम्याप तयार गर्न नेपाल सरकारलाई सघाउने

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit