काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वािमत्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र उपाय बिजनेस सोलुुसन प्राइभेट लिमिटेड बीच सम्झौता भएको छ । यी दुवै संस्थाले आफुले दिइरहेको सेवामा समन्वय गरेर ग्राहकहरु लाभान्वित हुने गरी सहकार्य गर्ने विषयमा सम्झौता भएको हो ।
सम्झौता पश्चात दुवै संस्थाका ग्राहकहरुको व्यवसायिक जटिलताको वृहत रुपमा समस्याका समाधान गर्ने बैंकले जनाएको छ । बैकका अनुसार धितोपत्र बजार तथा लगानी सम्बन्धी सम्पूर्ण सेवाहरु समेत प्रभावकारी रुपमा ग्राहकलाई उपलब्ध गराइने छ ।
उक्त सम्झौता पत्रमा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र उपाय बिजनेस सोलुुसन प्राइभेट लिमिटेडको तर्फबाट महाप्रबन्धक राजु के.सी ले हस्ताक्षर गरेका छन् ।
भविष्यमा दुवै संस्थाका सहकार्यमा धितोपत्र बजार र लगानी सम्बन्धि सचेतनामूलक कार्यक्रमहरु पनि विभिन्न चरणमा सञ्चालन गरिने जानकरी गराइएको छ ।