विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ ११, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा विद्युत् आपूर्ति नियमित गर्न विभिन्न स्रोतबाट करिब ७ मेगावाट विद्युत् प्रणालीमा प्रवाह गरेको छ । बाढीका कारण विद्युत् संरचनामा क्षति पुगेपछि अवरुद्ध विद्युत् सेवा पुनःस्थापित गर्न प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत विद्युत् उपलब्ध गराएको हो ।

प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार काठमाडौँको चपली सबस्टेसनबाट २ मेगावाट, सिन्धुपाल्चोकको इन्द्रावतीबाट १ मेगावाट, समुन्द्रटार सबस्टेसन नजिकै रहेको तादी जलविद्युत् केन्द्रबाट २ मेगावाट र बालाजु सबस्टेसनदेखि त्रिशूलीसम्मको प्रणालीमार्फत थप २ मेगावाट विद्युत् नुवाकोटमा पठाइएको छ ।

हाल पठाइएको विद्युत्‌ले नुवाकोटको तत्कालीन माग धान्न सक्ने उनले बताए । सामान्य अवस्थामा जिल्लामा करिब १० मेगावाट विद्युत् खपत हुने गरेको भए पनि अहिले करिब ७ मेगावाट आपूर्ति भएपछि अस्पताल, खानेपानी, सञ्चारलगायत अत्यावश्यक सेवा सञ्चालनमा तत्काल समस्या नहुने उनको भनाइ छ ।

विद्युत्‌को माग क्रमशः बढ्दै गएमा थप आपूर्ति गर्न सकिने गरी प्राधिकरणले आवश्यक तयारीसमेत गरेको जनाएको छ । बाढीका कारण विद्युत्‌गृहहरूमा क्षति हुँदा १० प्रतिशतभन्दा बढी विद्युत् प्रणालीबाट बाहिर हुँदा विद्युतको माग व्यवस्थापन गर्न चुनौतीपूर्ण रहेको भए पनि प्राधिकरणले देशभर नै विद्युत् आपूर्ति प्रणालीलाई स्थिर र नियमित राख्न सफल भएको श्रेष्ठले बताए ।

बाढीबाट क्षतिग्रस्त संरचनाको पुनःस्थापना तथा वैकल्पिक प्रणालीबाट आपूर्ति विस्तार गर्ने कामलाई प्राधिकरणले निरन्तरता दिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३