विद्युत अपडेट

  • प्राधिकरण : ८८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : १६९७४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४८६७३ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २०१५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७४४८६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३०६ मे.वा.
२०८३ साउन १३, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । आन्तरिक राजस्व विभागले गत आर्थिक वर्ष (२०८२/८३) को असारसम्मको  विद्युत् खपतमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ । आर्थिक ऐन, २०८३ अनुसार विद्युत् सेवामा लागु गरिएको भ्याट कार्यान्वयनमा देखिएको अन्योल हटाउँदै सार्वजनिक सूचनामार्फत विभागले यस विषयमा स्पष्ट पारेको हो । 

विभागका अनुसार आर्थिक ऐननले मूल्य अभिवृद्धि कर ऐन, २०५२ संशोधन गर्दै विद्युत् सेवा प्रदान गर्ने व्यक्तिले अन्तिम उपभोक्ताबाट ५ प्रतिशत तथा अन्य व्यक्तिको हकमा प्रचलित दरअनुसार १३ प्रतिशत भ्याट असुल गर्नुपर्ने व्यवस्था गरेको छ । उक्त कानुनी व्यवस्था २०८३ साउन १ गतेदेखि लागु भएकाले सोही मितिदेखि सुरु हुने विद्युत् सेवा उपभोगमा मात्र भ्याट लाग्ने विभागले जनाएको छ ।

२०८३ असार ३१ गतेसम्म खपत भएको विद्युत्‌को बिल २०८३ साउन १ गते वा त्यसपछि जारी भए पनि साउन १ अघिको विद्युत् उपभोगमा भ्याट नलाग्ने स्पष्ट गरिएको छ । त्यसैले, बिल जारी भएको मितिभन्दा विद्युत् सेवा उपभोग भएको अवधि नै भ्याट लाग्ने वा नलाग्ने निर्धारणको आधार हुने विभागको भनाइ छ ।

विभागले विद्युत् सेवामा आर्थिक ऐन, २०८३ को अनुसूची–१ बमोजिम वार्षिक ७५६ युनिटसम्मको घरेलु विद्युत् खपतमा दिइएको भ्याट छुटको व्यवस्था यथावत् रहने जनाएको छ । अर्थात् साउन १ अघिको अवधिमा ७५६ युनिटसम्मको विद्युत् खपतमा भ्याट नलाग्ने व्यवस्था कायम रहने उल्लेख गरिएको छ ।

त्यसैगरी, नेपाल विद्युत् प्राधिकरणले स्वीकृत महसुल दर अनुसार असुल गर्ने न्यूनतम शुल्क तथा डिमान्ड चार्ज विद्युत् सेवा उपभोगसँग सम्बन्धित शुल्क भएकाले २०८३ साउन १ गतेदेखि भएको विद्युत् सेवा उपभोगमा लाग्ने त्यस्ता शुल्कमा समेत मूल्य अभिवृद्धि कर लाग्ने विभागले स्पष्ट पारेको छ ।

यो पनि– विद्युत्‌मा भ्याट कार्यान्वयन अन्योल : स्पष्ट पार्न आन्तरिक राजस्व विभागलाई प्राधिकरणको पत्राचार

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३