विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नवलपरासीको सुनवलस्थित बडेरामा निर्माणाधीन २२० केभी न्यू बुटवल सबस्टेसनको निर्माण पूरा भएको छ । नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले कालीगण्डकी कोरिडोर प्रसारण लाइनअन्तर्गत निर्माण गरेको सबस्टेसन सञ्चालनका लागि तयार भएको हो ।

सबस्टेसनको संरचना निर्माण गरी उपकरण जडान कार्य सम्पन्न गरेको आयोजना प्रमुख विश्वरञ्जन मिश्रले बताए । ‘सबस्टेसन लक्ष्यअनुसार नै निर्माण सम्पन्न भई सञ्चालनको तयारी अवस्थामा पुगेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘कोरोना महामारीका कारण उपकरण उत्पादन तथा आयातकर्ता कम्पनीका प्राविधिक भारतबाट आउन नसक्दा परीक्षण गर्न सकिएको छैन ।’

उनले सबस्टेसनको एकिकृत परीक्षण गर्नुअघि उपकरणको छुट्टा छुट्टै परीक्षण गर्ने कार्य पनि सम्पन्न गरिसकेको बताए । यो सबस्टेसनको क्षमता २२०/१३२/३३ केभी छ । सबस्टेसनमा १ सय एमभिएका पावर ट्रान्सफर्मर जडान गरिएको छ । 

सबस्टेसन सम्पन्न भइसके पनि कालीगण्डकी कोरिडोर प्रसारण लाइनको कुस्मा–न्यू बुटवल खण्ड पूरा भएपछि मात्रै पूर्ण क्षमतामा चलाउन सकिने मिश्रले बताए । प्रसारण लाइन सम्पन्न भइनसकेको अवस्थामा १३२ केभी प्रसारण लाइन ‘लुप इन लुप आउट’ गर्न सञ्चालन गर्न सकिने उनले जानकारी दिए ।

सबस्टेसन निर्माणको काम १ अर्ब रुपैयाँ लागतमा सम्पन्न भएको हो । कालीगण्डकी तथा यसका सहायक नदी बेसिनका जलविद्युत आयोजनाको विद्युत दाना–कुस्मा र कुस्मा–न्यू बुटवल प्रसारण लाइन हुँदै यो सबस्टेसनमा आइपुग्नेछ ।

कोरिडोरको न्यू बुटवल–बर्दघाट प्रसारण लाइन निर्माणका लागि विद्युत विकास विभागबाट निर्माण अनुमतिपत्र लिने प्रक्रिया अघि बढेको छ । वन क्षेत्रको रुख कटानको प्रस्ताव मन्त्रिपरिषदबाट पारित हुन बाँकी छ । प्रसारण लाइनको रुटमा ९ हजार रुख काट्नु पर्ने देखिएको छ ।

पहिले यो भन्दा बढी रुख काटिने अवस्था आएपछि रुट परिमार्जन गरेर काट्नु पर्ने रुखको संख्या घटाउन सकिएको आयोजनाले जनाएको छ । यो खण्डको अध्ययन तथा टावर डिजाइनको काम आयोजनाले पूरा गरिसकेको छ ।

निर्माण अनुमतिपत्र लिने तथा वन क्षेत्रको रुख कटानीको स्वीकृति मन्त्रीपरिषदबाट अनुमोदन भएपछि संरचना बनाउने काम सु गरिने मिश्रले बताए । प्रसारण लाइन निर्माणका गर्न ६० करोड रुपैयाँ लागित अनुमान गरिएको छ ।

कोरिडोर अन्तर्गत प्रसारण लाइनको कुस्मा–न्यू बुटवल खण्ड अहिले निर्माणाधीन छ । यो खण्डको ६० प्रतिशत बढी निर्माण पूरा भइसकेको छ । अबको एक वर्षभित्र यो प्रसारण लाइन सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्य छ । प्रसारण लाइनको दाना–कुस्मा खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit