विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपालमा हाल साढे ३ हजार मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् तथा सौर्य आयोजना निर्माण भइरहेका छन् । विद्युत् खरिद सम्झौता (पिपिए) गरी ३५६४.४७० मेगावाटका आयोजनाहरू निर्माणाधीन भइरहेकाे नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ । निजी तथा सरकारी ऊर्जा उत्पादकहरूले अध्ययन पूरा गरेका उक्त क्षमताका १३६ आयोजना निर्माणका विभिन्न चरणमा छन् । निर्माणाधीन मध्ये केही आयोजना उत्पादन परीक्षण चरणमा छन् भने केहीले निर्माणस्थलमा काम सुरु गर्ने तयारी गरिरहेका छन् ।

यी मध्ये प्राधिकरणको सहयाक कम्पनीमार्फत १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १०२ मेगावाटको मध्य भोटेकोसीको निर्माण पूरा गरी परीक्षणकाे चरणमा छन् ।

रसुवागढी जलविद्युत आयाेजनाकाे प्रवर्द्धक रसुवागढी हाइड्रो पावर कम्पनी हाे । कर्मचारी सञ्चय कोषको वित्तीय सहयोगमा निर्माण भइरहेको आयोजनाको ऋण र पिपिएका क्रममा १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । पछि कम्पनीको सञ्चालक समितिले ठेक्का स्वीकृतिको चरणमा १५ अर्ब २० करोड रुपैयाँ संशाेधित अनुमान प्रक्षेपण गरेको थियो ।

रसुवामै सान्जेन जलविद्युत् कम्पनीले निर्माण गरेकाे सान्जेनको पनि ३६३० मिटर लामो सुरुङमा पानी भरेर परीक्षण भइरहेको छ । यस्तै, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका र बाह्रबिसे नगरपालिकामा निर्माण भइरहेको १०२ मेगावाटको मध्यभोटेकाेसीको पनि प्राविधिक परीक्षण भइरहेको छ । हाल आयोजनाको बाँध, इन्टेक, गेट, डिस्याण्डर, स्टपल, सुरूङ लगायतका संरचनाहरूको परीक्षण भइरहेको कम्पनीले जनाएको छ ।

यसैगरी, ४० मेगावाटको खानीखोला–१, ३० मेगावाटको खानीखोला, ८२ मेगावाटको तल्लो सोलु, ३७ मेगावाटको माथिल्लो म्याग्दी, ४८ मेगावाटको खिम्ती–२, ७१ मेगावाटको निलगिरी खोला–२ क्यासकेड, ५२ मेगावाटको माथिल्लो लेप्चे, १४० मेगावाटको तनहुँ लगायतका आयोजना निर्माणाधीन छन् । साथै, ९९.८ मेगावाटको तामाकोसी ५, १०६ मेगावाटको जगदुल्लाको आयोजनास्थलमा निर्माण सुरु गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit