विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले पोल भाडा नतिर्ने सेवा प्रदायकहरूको विद्युत कटौती गर्ने भएको छ । आफ्ना विद्युतीय संरचना प्रयोग गरे बापतको बक्यौता नतिरेको हुँदा बैशाखभित्र तिर्न अल्टिमेटम दिँदै लाइन काट्ने विषयमा सचेत गराएको हो ।

प्राधिकरणको पोल तथा अप्टिकल फाइबर भाडामा लिई टेलिफोन, इन्टरनेट, केबल टिभी लगायत सेवा सञ्चालन गर्ने सेवा प्रदायक संस्थाहरूले पटक–पटक जानकारी गराउँदा समेत भाडा नतिरेको जानकारी दिएको छ । केन्द्रका अनुसार केही अांशिक क्षेत्रको मात्र पोल भाडा असुल भएको केन्द्रले जनाएको छ ।

केही सेवा प्रदायक संस्थाले सम्झौता नगरी विद्युतीय संरचनाको प्रयोग गरिरहेको हुँदा वैशाख मसान्तभित्र सम्झौता तथा नवीकरण गर्न सूचित गरिएको केन्द्र प्रमुख राजीवकुमार सिंहले जानकारी दिए । बैशाखसम्मको बाँकी बक्यौता तिर्न प्राधिकरणको सम्बन्धित क्षेत्रमा सम्पर्क गरी नियमअनुसार सम्झौता गर्न तथा सम्झौता नवीकरण गर्न समेत निर्देशन दिइएको छ ।

सेवा प्रदायकले नयाँ सम्झौता नगरे वा पोल भाडा नतिरे लाइन काट्ने र यसको जिम्मेवार प्राधिकरण नहुने बताइएको छ । २०७८ को विनिमय ३१ का नियमअनुसार सम्झौता नगर्ने सेवा प्रदायक संस्थाको लाइन केन्द्रले जुनसुकै समयमा काट्न सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit