विद्युत अपडेट

  • प्राधिकरण : ९४७१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२९३६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२४९० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १६०३३ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५४८९६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३६१ मे.वा.
२०८१ साउन १२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । नबिल बैंकले ‘हरितगृह ग्यास उत्सर्जन’ प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले पूर्वाधार तथा परियोजना वित्तीय डिभिजन अन्तर्गत ऋण तथा लगानी पोर्टफोलियोबाट सन् २०२२ का लागि हरितगृह ग्यास (जिएसजी) उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको हो ।

सन् २०२१ मा कार्बन एकाउन्टिङ फाइनान्सियल (पिसिएएफ) हस्ताक्षरकर्ताहरू मध्ये एकको हैसियतले हस्ताक्षर गरेको प्रतिबद्धता पत्रको अंशका रूपमा यो प्रतिवेदन सार्वजनिक गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार आइपिएफ पोर्टफोलियोले ऊर्जा, सिमेन्ट, एयरलाइन्स, दूरसञ्चार सेवा जस्ता व्यवसायिक क्षेत्रहरूमा लगानी र ऋणको दायरा समावेश गर्दै आएको छ ।

आइपिएफ पोर्टफोलिले दिगो बैंकिङ डिभिजन अन्तर्गत बैंकको ऋण र लगानी पोर्टफोलियोबाट कार्बन उत्सर्जन मापन गर्न सेट गरिएको थियो । प्रतिवेदन अनुसार सन् २०२२ मा कूल ८० हजार ६ सय ७१ टन कार्बन उत्सर्जन भएकोमा बैंकले जलविद्युत तथा सौर्य ऊर्जामा गरेको लगानीले २ हजार १ सय ३१ टन कार्बन उत्सर्जन न्यूनिकरण भएको प्रतिवेदन रिर्पोटमा जनाइएको छ ।

कार्बन उत्सर्जन न्युनिकरणमा हासिल गरेको सफलता महत्त्वपूर्ण भए पनि कार्बन फुटप्रिन्ट घटाउन सक्रिय रूपमा काम गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बताए । नबिल दिगो भविष्य निर्माणमा समर्पित रहेको बताउँदै उनले यसका लागि सामूहिक पहल आवश्यक रहेको बताए ।

‘हाम्रो लक्ष्य प्राप्त गर्न पारदर्शिता आवश्यक छ । नेट शून्य कार्बन फुटप्रिन्टको लक्ष्य हासिल गर्न बैंकले गर्ने लगानीबाट प्राप्त प्रगतिबारे जानकारी गराउँदै जानेछौं,’ उनले भने ।

नबिल नेपालको पहिलो निजी क्षेत्रको बैंक हो । यो बैंकले बैंकिङ उद्योगमा वित्तीय सेवा विस्तार र दिगोपनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । बैंकले स्थापना गरेको दिगो बैंकिङ इकाई नयाँ बैंकिङ संस्कृतिको थालनी हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३