काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहक संख्या ५० लाख नाघेको छ । बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जर तथा अक्विजिसन गर्दै अधिकांश वित्तीय सूचकहरूमा मुलुककै सबै भन्दा ठूलो वाणिज्य बैंक बन्न सफल भएको छ ।
केहीदिन अघि मात्र बैंककोे निक्षेप ५ खर्ब रुपैयाँ भन्दा बढि पुगेको थियो । पुँजी, शाखा सञ्जालका साथसाथै कुल निक्षेप र ग्राहक संख्यामा पनि ग्लोबल आइएमई बैंक नेपालका बैंक तथा वित्तीय संस्थाहरूमध्य पहिलो नम्बरमा रहेको बैंकले बताएको छ ।
ग्राहकमैत्री सेवाहरू, साना तथा मझौला ब्यवसायमा जोड, प्रविधीमैत्री सेवाहरूका साथै उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आम नागरिकको विश्वास जित्दै आएको बैंकले जनाएकाे छ ।