विद्युत अपडेट

  • प्राधिकरण : ५२४८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६८३८ मे.वा.घन्टा
  • आयात : ८९७७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७०९३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०८३ मे.वा.
२०८२ चैत १३, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । भिजन टेस्ला पावर प्रालिद्वारा प्रवर्द्धित २४.९२१ मेगावाटको इन्दुवा खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्बन्धी सम्झौता सम्पन्न भएको छ । आयोजनामा सहवित्तीयकरणमा ऋण लगानी गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार आयोजनाका लागि आवश्यक कुल ऋण लगानीमध्ये राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब १ करोड र हिमालयन बैंकले २ अर्ब गरी जम्मा ४ अर्ब १ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।

सम्झौता कार्यक्रममा बोल्दै कम्पनीको सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद गौतमले आयोजनालाई ३ वर्षभित्रै निर्धारित लागत र गुणस्तरमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिकामा अवस्थित उक्त आंशिक जलाशय आयोजना अब निर्माणको चरणमा प्रवेश गर्ने उनको भनाइ छ ।

वार्षिक १४६.६३१ गिगावाट घण्टा विद्युत् उत्पादन हुने लक्ष्य राखिएको आयोजनाबाट पहिलो वर्षमा प्रतिमेगावाट ३.७० करोड र नवौँ वर्षदेखि प्रतिमेगावाट ४.५९ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको शीतलपाटी सबस्टेसनमा जोडिने छ ।

कार्यक्रममा लगानीकर्ता बैंकका प्रतिनिधिहरू, आयोजनाका पदाधिकारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३