विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङको दोर्दी खोलामा निर्माण भइरहेको १२ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाह गर्ने प्रसारण लाइनको काम सम्पन्न भएको छ । विद्युतगृहदेखि ४ किलोमिटर दूरीसम्म (उदीपुर) को काम पूरा भएको हो ।

प्रवर्द्धक दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले प्रवद्र्धन गरेको दोर्दी–१ का लागि प्रसारण लाइन निर्माणको जिम्मा कस्मिक इलेक्ट्रिकल इन्जिनियरिङ एसोसियट्स प्रालिलाई दिइएको थियो । इपिसी (अध्ययन, खरिद र निर्माण) ठेक्का निर्माण गरिएको यो प्रसारण कोरोना महामारीको बीचमा पनि सफलताका साथ पूरा गर्न सकिएको आयोजनाका प्रबन्धक सञ्जिवकुमार यादवले बताए ।

उता १२ मेगावाटको दोर्दी–को निर्माण समेत पूरा भई परीक्षणको चरणमा रहेको प्रवद्र्धक कम्पनीले जानकारी दिएको छ । आयोजनाको विद्युत लमजुङकै कीर्तिपुरस्थित १३२ केभी सबस्टेसनमा जोड्ने गरी कनेक्सन एग्रिमेन्ट (प्रसारण सम्झौता) भएको छ । तर, नेपाल विद्युत प्राधिकरणले निर्माण गर्नुपर्ने लाइनको काम भने पूरा हुन सकेको छैन ।

करिब ७–८ महिना अगाडि कीर्तिपुर र उदीपुरको बीचमा बाढीका कारण ढलेको टावर प्राधिकरणले अहिलेसम्म पनि निर्माण गर्न सकेको छैन । यही कारण दोर्दीको तर्फबाट सम्पूर्ण पूरा भए पनि विद्युत प्रवाह हुन समस्या रहेको प्रवर्द्धक कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit