विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभाको पिलुवा खोलामा निर्माणाधीन १०.३ मेगावाटको डाउन पिलुवा खोला जलविद्युत आयोजनाले आगामी एक महिनाभित्र उत्पादन परीक्षण सुरु गर्ने भएको छ । रिभर फल्स पावर कम्पनीले निर्माण गरी अन्तिम चरणमा पुर्याएको आयोजनाको विद्युत प्रणालीमा जोडिन लागेको हो ।

आयोजनाको काम सकिन लागेकोले आगामी एक महिनाभित्र परीक्षण सुरु गर्ने तयारी गरेको आयोजना संयोजक यज्ञप्रसाद सुवेदीले बताए । ‘अहिले आयोजनाको अन्तिम चरणको बाँकी काम भइरहेको छ’ उनले ऊर्जा खबरसँग भने, ‘एक साता पछि आन्तरिक परीक्षण सुरु गरिनेछ, उपकरण जडान, सुरुङ, विद्युतगृह सबै क्षेत्रको आन्तरिक परीक्षण गर्न करिब २/३ हप्ता लाग्छ ।’ सबै क्षेत्रको परीक्षण सफल भएपछि उत्पादन परीक्षण सुरु गरिनेछ ।

‘आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएपछि नेपाल विद्युत प्राधिकरणलाई दुई साता निशुल्क विद्युत दिइनेछ, त्यसपछि व्यापारीक उत्पादन सुरु हुनेछ’ उनले थपे ।

आयोजनाबाट उत्पादन हुने विद्युत २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको बानेश्वर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक साढे ३ किलोमिटर प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

प्राधिकरणसँग भएको विद्युत खरीद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट २०७७ चैतदेखि विद्युत उत्पादन गर्नुपर्ने तालिका थियो । तर, विद्युत प्रवाह हुने कोसी कोरिडोर प्रसारण लाइन निर्माणमा भएको ढिलाई, कोरोना माहामारीले गर्दा करिब २ वर्ष ढिला गरी विद्युत उत्पादन सुरु गर्न लागिएको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न गर्न १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा सिटिजन बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट र प्रभु बैंकले ७० प्रतिशत अर्थात १ अर्ब ३२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । बाँकी, ३० प्रतिशत अर्थात ५७ कारोड ४० लाख रुपैयाँ स्वपूँजी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit