विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ असोज ४, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष
काठमाडौं– सरकारले कास्कीको वीरेठाँटीदेखि मुस्ताङ मुक्तिनाथ मन्दिरसम्म केबलकार सञ्चालन गर्ने भएको छ । मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीको सुविधाका लागि केबलकार निर्माण गरिने भएको हो ।

काठमाडौं– सरकारले कास्कीको वीरेठाँटीदेखि मुस्ताङ मुक्तिनाथ मन्दिरसम्म केबलकार सञ्चालन गर्ने भएको छ । मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीको सुविधाका लागि केबलकार निर्माण गरिने भएको हो ।

मुक्तिनाथ दर्शन प्रालिले केबलकार निर्माण गर्ने लगानी बोर्डले जानकारी दिएको छ । यससम्बन्धी समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका अध्यक्ष अरुणकुमार सुवेदीले हस्ताक्षर गरेका छन् ।

कम्पनीका अनुसार करिब ८३.६९ किलोमिटर लामो केबलकार निर्माणको लागत ३५ करोड अमेरीकी डलर अनुमान गरिएको छ । केबलकार लाइनमा ६ वटा सबस्टेसन रहनेछन् ।

सबस्टेसनहरू वीरेठाँटी–घोरेपानी (म्याग्दी), घोरेपानी–तातोपानी, तातोपानी–तेले मार्फामा ट्रान्जिट हुनेछ  । यसैगरी, ट्रान्जिटदेखि जोमसोम, जोमसोम–कागबेनी र कागबेनी–मुक्तिनाथ खण्डमा सबस्टेसन निर्माण गरिनेछ ।

बोर्ड कार्यालयलेले गत बैशाख १५ गते बसेको बैठकमा केबलकार निर्माणको प्रस्ताव गरेको थियो । समझदारीपत्रमा हस्ताक्षर भएको १८ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न बोर्डले कम्पनीलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३