काठमाडौंको दक्षिण-पश्चिममा अवस्थित पर्वत चन्द्रागिरिमा बाक्लाे हिमपात परेकाे छ । त्यहाँ पुगेका चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितका व्यवसायी तथा सहकर्मीहरूले हिउँ खेलेका छन् । केबलकार निर्माण भएपछि यहाँ अान्तरिक तथा वाह्य पर्यटककाे घुइँचाे लाग्ने गरेकाे छ ।