विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रो पावर कम्पनीले १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले नुवाकोटमा निर्माणाधीन ५ मेगावाटको तल्लो तादी खोला जलविद्युत आयोजनाका प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँमा अंकित १२ करोड रुपैयाँ मूल्यको साधारण सेयर निष्कासन गर्ने अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीका अनुसार बोर्डको अनुमतिपछि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरेर बाँडफाँड गरिनेछ ।

निष्कासन हुनेमध्ये ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयरका लागि आयोजना प्रभावित क्षेत्रका स्थानीयले आवेदन दिन पाउने छन् । स्थानीयको सेयर निष्कासन गरेर बाँडफाँडको कार्य सम्पन्न भएपछि बाँकी ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका बिक्री खुलाइने कम्पनीले जनाएको छ । 

इक्रा नेपालले कम्पनीलाई साधारण सेयर निष्कासन गर्न ‘४ प्लस’ रेटिङ प्रदान गरेको छ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सिभिल क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीको लगानीमा निर्माणाधीन आयोजना पूरा भएपछि समुन्द्रटार सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit