काठमाडौं । हिमाल दोलखा हाइड्रो पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा कम्पनीका तर्फबाट अध्यक्ष रन्जना दाहाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरे ।
कम्पनीको हालको पुँजी १ अर्ब ६० करोड रुपैयाँको प्रति सेयर अंकित १०० रुपैयाँको दरले १ कित्ता सेयरको ०.७५ प्रतिशतको अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर निकाष्सन गर्नेछ ।
कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा न. ९ १० मा माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिका वडा न ९ मा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) सञ्चालनमा छ ।