उत्तम भ्लोन लामा युवा जलविद्युत उद्यमी तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का कार्यकारी सदस्य हुन् । सँगसँगै उनी एनएमबी बैंकका सञ्चालक तथा डोमेस्टिक फाइनान्सियल मार्केट डेभलपमेन्ट कमिटिका संयोजक पनि हुन् । पछिल्लो समय उनले निजी क्षेत्रको तर्फबाट सरकारसँग सहकार्य गर्दै भारतमा विद्युत व्यापार गर्नुपर्ने पक्षमा समेत सहयोगीको भूमिका निर्वाह गर्दै आएका छन् । यहाँ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हालै बाहिर ल्याएको जलविद्युत विकास सम्बन्धी प्रतिवेदन, विद्युत व्यापारमा निजी क्षेत्रको भूमिका र अबको ऊर्जा विकासका सन्दर्भमा लामासँग संवाद गरिएको छ ।