विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवागढी हाइड्रो पावर कम्पनीको सेयर आवेदन अवधि फेरी थप गरिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि गत असार ५ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे सेयरमा माग बमोजिम दरखास्त प्राप्त नभएकाले आवेदन अवधि थप गरिएको हो । 

कम्पनीको रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाकाे प्रभावित स्थानीयका लागि खुल्ला गरेकाे सेयरमा माग बमाेजिमकाे आवेदन नपरेपछि म्याद थप गरिएकाे कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार यसअघि पनि असार २७ गतेदेखि साउन १० गतेसम्म थप गरिएकाे थियाे ।

कम्पनीले स्थानीयका लागि सय रुपैयाँ अंकित ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख २४ हजार १०० कित्ता सेयर निष्कासन गरेको छ ।  आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नम्बर. १ थुमन र वडा नम्बर. २ टिमेरे तथा प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोल्जुङ र वडा नम्बर ५ चिलिमेका साथै गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नम्बर ३ बृद्धम, वडा नम्बर ४ लाङटाङ, वडा नम्बर ५ स्याफ्रुबेशी र वडा नम्बर ६ धुन्चेका स्थानीयले आवेदन दिन सक्नेछन । यस्तै, सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् ।

स्थानीयले साउन ३१ गते सम्म आवेदन दिन सक्नेछन् । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्ता सम्म आवेदन दिन पाउनेछन् । 
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

आयोजनाबाट २०७९ पुसभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको कम्पनीले जनाएको छ । आयोजनाबाट यसअघि नै विद्युत उत्पादन सुरु गर्ने तालिका भएपनि  २०७२ सालको विनासकारी भुकम्प,  नाकाबन्दी, वर्षायाममा आयोजना क्षेत्रमा आएको बाढी, पहुँचमार्गमा निरन्तर गएको पहिरो, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले गर्दा उत्पादन तालिका लम्बिदै गएको कम्पनीले जनाएको छ ।

कम्पनीको पछिल्लो तालिका अनुसार आयोजनाबाट २०७८ असारभित्र सम्पन्न गर्ने लक्ष्य थियो तर, २०७७ सालको वर्षायाममा प्रक्षेपण गरिए भन्दा अघि आएको बाढीले बाँधस्थलको अस्थायी संरचनामा क्षति पुग्न गई निर्माण स्थगित गरिएको र अडिड सुरुङ जाने बेलीब्रिजमा क्षति पुर्याई आवत÷जावतमा कठिनाई र पहुँचमार्ग पूर्ण रुपमा क्षति पुगेकोले सम्पन्न गर्न नसकिएको कम्पनीले जनाएको छ ।

कम्पनीको नयाँ तालिका अनुसार आयोजनाबाट २०७९ पुसभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ । यो अवधिभित्र निर्माण सम्पन्न गर्न ब्याज बाहेक १७ अर्ब १ करोड रुपैयाँ लागत अनुमान गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit