विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ असोज ४, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले सेयर आवेदन अवधि थप गरेको छ । कम्पनीले साउन ४ गतेदेखि खुल्ला गरेको सेयरमा प्रभावित स्थानीयले निर्धारित समयमा दरखास्त बुझाउन नसकेपछि आवेदन अवधि थप गरेको हो । 

प्रभावित क्षेत्रका बासिन्दाहरुका उक्त क्षेत्रमा अविरल वर्षाका कारण बाढी पहिरो, भौगोलिक जटिलता, मौसमी प्रतिकुलता तथा प्राकृतिक प्रकोपजस्ता कारणले गर्दा यातायात सञ्चालन अवरुद्ध भई तोकिएको केन्द्रमा संकलन दरखास्त बुझाउन सहज नभएकाले आवेदन बुझाउने अवधि १५ दिन थप गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रभावित स्थानीयका लागि १० लाख कित्ता सेयर आवेदन बिक्री खुल्ला भइरहेकाे छ। 

प्रभावित स्थानीयले न्यूनत्तम १० कित्तादेखि अधित्तम १० लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । स्थानीयले भदौ १५ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । 

कम्पनीको रसुवामा निर्माणाधीन १४.३ मेगावाटको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३