विद्युत अपडेट

  • प्राधिकरण : ८५०३ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४७७४ मे.वा.घन्टा
  • आयात : ६६३७ मे.वा.घन्टा
  • निर्यात : ०० मे.वा.घन्टा
  • ट्रिपिङ : ५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३३६२८ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १६२७ मे.वा.
२०८० जेठ १४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर ऊर्जा दक्षता


काठमाडौं । नबिल बैंकलाई ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२२’ अवार्ड प्रदान गरिएकाे छ । मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाइ साे अवार्ड प्रदान गरेको हो ।

बैंकले सन्तुष्ट हुने गरी काममा सहजता ल्याएकोले अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कर्मचारीहरुको बैंकप्रति उत्कृष्ट अनुभव रहेको छ ।

उक्त अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलगायत मानव संसाधन विभागको कर्मचारीहरुले ग्रहण गरेका थिए। बैंकले कर्मचारीको कार्यसम्पादन साथै उनीहरुको बैंकप्रतिको विश्वास र अनुभवका आधारमा मानव संसाधनलाई उपयोग गरे बापत आवार्ड दिएको हो । 
कोरोना महामारीको बीच पनि बैंकले स्वास्थ्य मापदण्डको दायरा भित्र कर्मचारी ब्यवस्थापन गरिएको थियो । हाल बैंकले स्टार बैंकरहरु समेत जन्माइसकेको छन् ।

बैंकमा १ हजार तीन सय १४ भन्दा बढि कर्मचारी स्थायी रुपमा कार्यरत रहेका छन् । यसअघि बैंकले कम्पनीको एचआर मिटमा पहिलो पटक समावेश गरिएको ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपियरेन्स’ अवार्ड पनि प्राप्त गरिसकेको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ । बैंकको १४८ शाखा,  १८८ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit