विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आगामी (बैशाख) २२ गतेदेखि साढे १३ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँमा अंकित १३ करोड ५० लाख रुपैयाँ बराबरको १३ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरापालिकाका सम्पूर्ण वडाका बासिन्दाका लागि सेयर निष्कासन गर्न लागिएको हो ।

स्थानीयले छिटोमा जेठ ५ गतेसम्म ढिलोमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीका लागि सेयर निष्कासन गरी बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणका लागि छुट्याएको १९ लाख ५७ हजार ५ सय कित्ता सेयर निष्कासन गर्नेछ । 

कम्पनीको सोलुखुम्बुमा २३.५ मेगावाटको सोलु खोला सञ्चालनमा छ । आयोजनाको काम २०७६ मा पूरा भएर पनि १३२ केभी सोलु कोरिडोर तयार नहुँदा ३३ केभी लाइन मार्फत वैकल्पिक रुपमा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो ।  अहिले लाइन निर्माण पूरा भएपछि आयोजना पूर्ण क्षमतामा सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३