विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २७, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । लमजुङमा ८.६३ मेगावाटको चेपे खोला साना जलविद्युत्‌ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको आशुतोष ईनर्जी लिमिटेडले आफ्ना सेयरधनीलाई करिब १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीको शनिबार सम्पन्न ९औँ वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो ।

कम्पनीका अनुसार हाल कायम ४८ करोड रुपैयाँ चुक्ता पुँजीबाट १८.९४७ प्रतिशत अर्थात् ९ करोड ९ लाख ४७ हजार ४० रुपैयाँ बराबरको नगद लाभांश वितरण गरिने छ ।

प्रसारण लाइन निर्माणमा ढिलाइ हुँदा आर्थिक वर्ष (आव) २०७९/८० मा रु. ५.९२ करोड, २०८०/८१ मा रु. ८.६० करोड, २०८१/८२ मा रु. ६.०२ करोड र २०८२/८३ मा रु. ५.४७ करोड गरी कुल २८ करोड रुपैयाँ घाटा भएको कम्पनीको वार्षिक प्रतिवेदनमा उल्लेख छ । यद्यपि, हाल २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भइसकेकाले प्राधिकरणसँगको वैकल्पिक व्यवस्था खारेजी प्रक्रिया अन्तिम चरणमा पुगेको र आगामी दिनमा पूर्ण क्षमतामा विद्युत्‌ उत्पादन हुने कम्पनीले जनाएको छ ।

कम्पनीले २०७९ साल असोज १५ गतेदेखि चेपे खोलाबाट व्यापारिक उत्पादन सुरु गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि रु. १२ करोड बराबरको १२ लाख कित्ता प्राथमिक सेयर (आइपिओ) निष्काशन गर्न दुई वर्षअघि नै नेपाल धितोपत्र बोर्ड (सेबोन)  मा निवेदन दिइसकेको जनाएको छ । साथै, आफ्नो आगामी योजना अन्तर्गत २ मेगावाटको चेपे खोला क्यास्केड निर्धारित समयमै निर्माण प्रतिबद्धता जनाएको छ ।

सोही क्रममा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हालै भोटेकोसी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३