विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अपर तामाकोसी हाइड्रो पावर लिमिटेडको साधारण सेयर बिक्री (लकइन पिरियड) खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन गरेको सेयरको लकइन पिरियड खुल्ला भएको हो ।

१ करोड ५ लाख ९० हजार कित्ता सेयरको लकइन पिरियड खुल्ला भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १० करोड ५९ लाख कित्ता साधारण सेयरमध्ये १० प्रतिशतले हुन आउने सेयर २०७५ कात्तिक १४ गते आयोजना प्रभावित स्थानीयका लागि बाँडफाँड गरिएको सेयरकाे लकइन पिरियड सकिएकाे हाे ।

अब आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाले आफ्नो सेयर बिक्री गर्न पाउने भएको कम्पनीले जनाएको छ । यसअघि कम्पनीको सेयरमा ३ वर्षका लागि लकइन पिरियड कायम गरी सेयर कारोबार रोक्का हुँदै आएको थियो ।

कम्पनीले दोलखामा निर्माण सम्पन्न गरेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेको छ । आयोजनाबाट गत असार २१ गते पहिलो युनिट सञ्चालनमा आएको थियो । आयोजनाको पहिलो युनिट २१ गते र दोस्रो युनिट २९ गते जोडिएको थियो । बाँकी, ३ सय ४ मेगावाट विद्युत साउनमा जोडिएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit