विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडाैं । ऊर्जा डेभलपर्स प्रालि मातहतको एसियन हाइड्रो पावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयरको बाँडफँड गरेको छ । आज (फागुन १४ गते) धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड सम्पन्न भएको हो ।

गत माघ २७ गतेदेखि फागुन ३ गतेसम्म आवेदन दिन सकिने गरी सर्वसाधारणहरूका लागि कूल ६ लाख ९७ हजार २ सय कित्ता सेयर निष्कासन गरिएकोमा १४ लाख २५ हजार ७ सय २० जना योग्य आवेदकहरूबाट १ करोड ५४ लाख ४५ हजार ८ सय २० कित्ता शेयरका लागि आवेदन परेको थियो । जसमध्ये ६९ हजार ७ सय २० जनाले गोलाप्रथा मार्फत १० कित्ता शेयर प्राप्त गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले इलाममा निर्माण सम्पन्न गरी व्यापारिक उत्पादनसमेत सुरु गरिसकेको ६.२ मेगावाटको तल्लो जोगमाई खोला जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयवासी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरू तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको आईपीओको बाँडफाँड यसअघि नै सम्पन्न गरिसकेको छ ।

ऊर्जा डेभलपर्स र यससँग सम्बन्धित कम्पनीहरूले सन् २०३० सम्म कूल १००० मेगावाट क्षमताका विद्युत आयोजना विकास गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३