विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले गोरखाको चुमनुब्री गाउँपालिकामा ४५ मेगावाटको चुमचेत स्यारखोला जलविद्युत् आयोजना विकास गर्ने भएको छ । परामर्शदाता चिलिमे इन्जिनियरिङ कम्पनीले तयार गरेको आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए रिपोर्ट) स्वीकृतिका लागि हाल वन तथा वातावरण मन्त्रालयमा पुगेको छ । मन्त्रालयले उक्त आयोजना निर्माण गर्दा वातावरणमा उल्लेखनीय प्रभाव पर्ने भए लिखित राय सुझाव बुझाउन आह्वान गर्दै ईआईए प्रतिवेदन सार्वजनिक गरेको हाे ।

प्रतिवेदन अनुसार चुमनुब्री गाउँपालिकाको वडा नम्बर ५ र ६ मा पर्ने मनास्लु संरक्षण क्षेत्रभित्र निर्माणका लागि प्रस्ताव गरिएको आयोजना नदी प्रवाहमा आधारित (आरओआर) हुने छ । आयोजनाले संरक्षित क्षेत्रको २१.०८ हेक्टर जग्गा समेत प्रयोग गर्नुपर्ने गरी प्रस्ताव गरिएको छ । 

आयोजनाको बाँध क्षेत्र चुमनुब्रीकै ६ नम्बर वडाको गुमलुङ्गमा पर्ने झोलुङ्गे पुलदेखि ३०० मिटर तल्लो तटमा रहने छ । आयोजनाको विद्युत् गृह लोक्पा बस्तीको पारिपट्टि निर्माण गरिने छ । विद्युत्‌गृहमा १५ मेगावाट दरका ३ वटा विद्युत् उत्पादन युनिट रहनेछन् । आयोजनाबाट वार्षिक २५३.१०२ गिगावाट आवर ऊर्जा उत्पादन हुने छ । 

चिलिमेले नै यही गाउँपालिकामा पर्ने बूढीगण्डकी नदीमा बूढीगण्डकी प्रोक र बूढीगण्डकी प्रोक–१ जलविूद्यत् आयोजना समेत निर्माण गर्ने गरी अघि बढाएको छ । चुमचेत भने पालिकामै पर्ने स्यारखोलामा निर्माण गरिने छ । आयोजनाबाट उत्पादन हुने बिजुली १० किलोमिटर लामो २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत बुढीगण्डकी प्रोक जलविद्युत् आयोजनाको स्वीचिङ स्टेशनमा जोडिने छ । त्यसपछि यी तीन ओटै आयोजनाको बिजुली ७० किलोमिटर लामो २२० केभीको डलब सर्किट प्रसारण लाइनमार्फत लापाङ्ग बिहारथोकमा प्रस्तावित नेपाल विद्युत् प्राधिकरणको २२०/१३२/३३ केभी सबस्टेशनमा जोडिने छ । 

चिलिमेले चुमचेत आयोजनाको सर्वेक्षणका लागि विद्युत् विकास विभागबाट २०७४ चैत १२ गते अनुमतिपत्र प्राप्त गरेको थियो । पछि आयोजनाको अनुमति पत्रको म्याद थप गरी विभागले आयोजनालाई प्रस्तावित ६० मेगावाटबाट घटाई ४५ मेगावाट क्षमतामा निर्माण गर्न सर्वेक्षण अनुमित दिएको थियो । 

निर्माण सुरु गरेको ४ वर्षभित्र पूरा गर्न लक्ष्य राखिएको आयोजनामा कुल ९ अर्ब १५ करोड ३९ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३