काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न सेवा, समूह तथा उपसमूहमा कार्यरत ७ जना कर्मचारीलाई निर्देशकमा बढुवा गरेको छ । प्राधिकरण बढुवा सिफारिस समितिले बिहीबार (मंसिर ८ गते) कार्यक्षमता मूल्याङ्कनका आधारमा १० तहका ती कर्मचारीलाई निर्देशक (११ तह) मा बढुवा गरेको हो ।
प्रशासनतर्फ एक र पविधिक तर्फ ६ कर्मचारीलाई बढुवा गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार प्रशासनतर्फ १० तहमा कार्यरत शिव प्रसाद आचार्यलाई ११ तहमा बढुवा गरिएको छ ।
यस्तै, प्राविधिकतर्फ कमल आचार्य, बसन्तध्वज श्रेष्ठ, आनन्द ढुंगेल, टेकनाथ तिवारी, अम्विकेश कुमार झा, अनिरुद्ध पौडेललाई बढुवा गरिएको प्राधिकरणले जनाएको छ ।