विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । बागमती नदी कोरिडोरलाई उज्यालो बनाउन गोकर्णदेखि बल्खुसम्म नदी किनारमा बत्ती जडान गरिने भएको छ । त्यस क्षेत्रको निगरानीका लागि आधुनिक सिसिटिभी समेत जडान गरिने सहरी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालय अन्तर्रगतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी कोरिडोरको गोकर्ण—बल्खु क्षेत्रमा बढ्दै गएको फोहोरमैला व्यवस्थापन समस्या, अनधिकृत गतिविधि तथा सुरक्षा चुनौतीलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न आधुनिक ‘सिसिटिभी सर्भिलेन्स सिस्टम’ र  ‘हाइमास्ट स्मार्ट लाइटिङ सिस्टम’ जडान गर्ने भएको हो ।

मन्त्रालयका अनुसार बत्ती तथा सिसिटिभी जडान गर्न समितिले निर्माण व्यवसायी छनोटका लागि बोलपत्र आह्वान गरिसकेको छ । नदी एवम् नदी किनारमा फोहोर फाल्ने कार्य अन्त्य गर्न त्यसको निगरानी सिसिटिभीमार्फत गरिनेछ ।

१२० थान अत्याधुनिक प्रविधिका तापक्रम, धुलो तथा पानी प्रतिरोधी दिन–रात दुवै समय काम गर्ने सिसिटिभी क्यामेरा जडान गरिने छ । त्यसको सर्भर र मनिटरिङ्ग युनिट काठमाडाैँ उपत्यकाको प्रहरी कार्यालयमा रहने छ । अँध्यारा क्षेत्र उज्यालो बनाई सुरक्षित र व्यवस्थित वातावरण निर्माणका लागि ५६७ थान स्मार्ट सडक बत्ती, ४८ थान फ्लड लाइट तथा ६ थान हाइमास्ट फ्लडलाइट जडान गर्ने योजना छ । बत्ती तथा सिसिटिभी जडानले निरन्तर चलिरहेको बागमती सरसफाइ महाअभियानलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

बत्ती तथा सिसिटिभी जडान भएपछि उक्त क्षेत्रको सुरक्षा, निगरानी, आपराधिक तथा अव्यवस्थित गतिविधिको रोकथाम र रात्रिकालीन उज्यालो व्यवस्था सुधारमार्फत समग्र वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३