विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दैलेख । नेपाल बिधुत प्राधिकरण र खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयको संयुक्त लगानीमा दैलेखको उत्तर-पश्चिमी क्षेत्रमा विद्युत्‌को पहुँच पुर्‍याएको छ । रेनु कन्स्ट्रक्सन कम्पनी प्रा.लि.को ठेक्का सम्झौतामा उक्त क्षेत्रमा एचटी/एलटी लाइन पुर्‍याएर विद्युतीकरण गरिएको हो ।

प्राधिकरण दैलेख वितरण केन्द्रका अनुसार आठ-बीस नगरपालिका वडा न ४, ६ र ७ अन्तर्गत भेल्तडी, सिंहासैन, रोल, राता, खिड्किज्युला, ओमकाना र चामुण्डा बिन्द्रासैनी नपा-६ कार्कीडाँडामा विद्युत्‌को पहुँच पुर्‍याइएको छ । यस्तै खिड्किज्युलामा १०० केभीए र अन्य सबै क्षेत्रमा ५० केभिएको ट्रान्सफर्मर जडान गरी विद्युत् वितरण गरिएको जनाइएको छ ।

यसबाट पर्याप्त वितरण संरचनाको अभावमा सबै घरधुरी समेट्न नसकिए पनि करिब ५०० घरधुरीले तत्काल सेवा उपभोग गर्न पाउने केन्द्र प्रमुख नरेशदत्त रावलले बताए । 'ओमकाना गाउँमा लघुजलविद्युत् चलिरहेको अवस्थामा सामुहिक निर्णय नभएसम्म राष्ट्रिय प्रसारण लाइन विकल्पको रुपमा रहने छ,' उनले भने, ' गाउँमा पहिलो पटक विद्युत् पुग्दाको खुसियाली त छँदै छ, अब घरघरमा बत्ति बाल्ने, विद्युत् महसुल कति तिर्नुपर्छ भन्ने चासो बढेको छ ।' एकैपटक सम्पूर्ण बस्तीहरू समेटिन नसक्दा अन्य क्षेत्रका बासिन्दाले हामीले कहिले बत्ति बाल्न पाउँछौँ भन्ने गुनासो गरिरहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३