विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ खरिद गर्दै आएकाे इन्डियन आयल कर्पोरेसन (आइओसी) काे सबै उधारो भुक्तानी गरी बक्यौतामुक्त भएको छ । निगमले शुक्रबार (जुन २३ तारिख) ३ अर्ब २० करोड रुपैयाँ रकम भुक्तानी गरी बक्यौतामुक्त भएको हो ।

शुक्रबार ३ अर्ब २० करोड रुपैयाँ अन्तिम किस्ता पठाएर बक्यौतामुक्त भएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए । ‘ २०७९ असारदेखि आइओसीको बक्यौता देखिन थालेको थियो, हामी अब आइओसीको बक्यौतामुक्त भएका छौ,’ उनले ऊर्जा खबरसँग भने, ‘अब ४५ करोड रुपैयाँ ब्याज बाँकी छ, यो पनि अर्को पटक भुक्तानी गर्दा चुक्ता हुनेनेछ ।’

‘यो रकम नतिर्दासम्म आइओसी र नेपालस्थित भारतीय दूतावासले लिखित रुपमा बक्यौता असुलीका लागि पत्राचार गरिरहेका थिए’ उनले थपे ।

रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमले उधारोमा पेट्रोलियम पदार्थ खरिद गर्दै आएको थियो । निगमले हरेक महिनाको ८ र २३ तारिखमा आइओसीलाई पेट्रोलियम पदार्थ खरिद बापतको भुक्तानी गर्छ । हरेक पटक पेट्रोलियम पदार्थ खरिद बापतको मूल्य भन्दा बढी भुक्तानी गर्दै आएकाे थियाे ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपनि निगमले नेपालमा नघाटाई बिक्री वितरण गर्दै आएको थियो । चर्को नाफा राखेकै कारण निगमले आइओसीको बक्यौता  तिरेको हो । साथै, राष्ट्रिय वाणिज्य बैंकबाट लिएको ३ अर्ब रुपैयाँको ऋण र ब्याज चुक्ता गरिसकेको छ ।

यस्तै, सरकारको ७ अर्ब रुपैयाँ ऋण लिएकोमा ७० करोड रुपैयाँ तिरिसकेको पनि ठाकुरले बताए । थप, ३० करोड असारभित्र तिर्ने जनाइएको छ । बाँकी ६ अर्ब पनि छिट्टै भुक्तानी गर्ने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३